आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

जेनजी विद्रोह र पश्चिम एसियाको द्वन्द्वले वैदेशिक रोजगारीमा जाने ५.६ प्रतिशतले घटे

वैदेशिक रोजगारीका लागि एक वर्षमा बाहिरिए ७ लाख ९२ हजार युवा

आइतबार, साउन ३ २०८३
जेनजी विद्रोह र पश्चिम एसियाको द्वन्द्वले वैदेशिक रोजगारीमा जाने ५.६ प्रतिशतले घटे

गत आवमा सबैभन्दा बढी कामदार  यूएई गएका छन्। विभागका अनुसार यूएई रोजगारीका लागि जाने कामदारको संख्या १ लाख ८३ हजार ५ सय ८० रहेको छ।

काठमाडौं- गएको भदौ २३ र २४ गते भएको जेनजीको विद्रोह र लामो समयदेखि पश्चिम एसियामा चलिरहेको द्वन्द्वका कारण नेपालबाट वैदेशिक रोजगारीका जाने युवाको संख्यामा कमी आएको छ।

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा नेपालबाट वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृती लिने कामदारको संख्या ७ लाख ९२ हजार १ सय ८७ रहेको छ। यो संख्या आर्थिक वर्ष २०८१/०८२ को तुलनामा ५.६ प्रतिशतले कम हो। आर्थिक वर्ष २०८१/०८२ मा नेपालबाट वैदेशिक रोजगारीका जाने कामदारको संख्या ८ लाख ३९ हजार २ सय ६६ थियो।

२०८१/०८२ मा नै एकै वर्षमा सबैभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि गएका थिए। विभागका अनुसार आर्थिक वर्ष २०८१/०८२ तुलनामा गत आवमा उक्त संख्या ४७ हजार ७९ जनाले कम हो।

विभागका अनुसार गत आवमा वैदेशिक रोजगारीका जाने युवामध्ये महिला कामदारको संख्या ९५ हजार ९१ रहेको छ भने पुरुषको संख्या ६ लाख ९७ हजार ९६ रहेको छ।

विभागका अनुसार नयाँ कामका लागि म्यानपावरमार्फत जाने कामदारभन्दा बिदामा नेपाल आइ पुन: रोजगारीकै लागि फर्कने युवाको संख्या कम छ। म्यानपावरमार्फत नयाँ कामका लागि जाने युवाको संख्या २ लाख ६८ हजार ९ सय ९० रहेको छ भने बिदामा नेपाल आइ पुन: फर्कनेको संख्या ३ लाख ८५ हजार ७ सय ८३ रहेको छ।

विभागका अनुसार जीटूजी मार्फत रोजगारीका लागि जाने कामदारको संख्या ८ हजार १ सय ९७ जना रहेको छ भने व्यक्तिगत नयाँ भिसामा जाने कामदारको संख्या १ लाख २८ हजार ५ सय २० रहेको छ। यसैगरी विभिन्न माध्यमबाट रोजगारीका लागि विदेश पुगेर वैधानीकरण गर्ने कामदारको संख्या ६ सय ९७ रहेको छ। 

पहिलो गन्तव्य बन्यो यूएई

गत आवमा सबैभन्दा बढी कामदार  यूएई गएका छन्। विभागका अनुसार यूएई रोजगारीका लागि जाने कामदारको संख्या १ लाख ८३ हजार ५ सय ८० रहेको छ।

दोस्रो बढी कामदार जाने देश मलेसिया रहेको छ। मलेसियाको रोजगारीमा जाने कामदारको संख्या १ लाख ३२ हजार ६ सय ४६ रहेको छ। यसैगरी तेस्रो बढी कामदार जाने देश कतार रहेको छ।

कतारको रोजगारीका जाने कामदारको संख्या १ लाख ३२ हजार ५१ रहेको छ भने साउदी अरब जाने कामदारको संख्या १ लाख २४ हजार ५ सय ८३ रहेको छ।

विभागका अनुसार कुवेतको रोजगारीका जाने कामदारको संख्या ४३ हजार ३ सय ६० जना रहेको छ।

सबैभन्दा बढी कामदार धनुषाबाट

विभागका अनुसार गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने सबैभन्दा बढी कामदार धनुषाका रहेका छन्। एक वर्षमा धनुषाका ३८ हजार ५ सय ५३ जना वैदेशिक रोजगारीमा गएका छन्।

यसैगरी झापाका ३५ हजार १ सय २४, मोरङका ३१ हजार ९ सय ९० जना रहेका छन्। सिराहका ३० हजार २ सय ११ जना रहेका छन्। महोत्तरीका २८ हजार २ सय २९ र रुपन्देहीका २३ हजार ३ सय ९१ जना रहेका छन्।


प्रकाशित : आइतबार, साउन ३ २०८३१३:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend