आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

तोलामा एक हजार ९ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

आइतबार, साउन ३ २०८३
तोलामा एक हजार ९ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रूपैयाँ तोकिएको छ।

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला एक हजार ९ सय रूपैयाँले बढेको छ। गएको साता शुक्रबार तोलामा ३ हजार एकसय रूपैयाँले घटेको सुनको मूल्य यो साता आइतबार भने बढेको हो।

आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रूपैयाँ तोकिएको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ८२ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार घटेको चाँदीको मूल्य पनि आइतबार वृद्धि भएको छ। आइतबार चाँदी प्रतितोला ४० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला ४ हजार २४० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, साउन ३ २०८३११:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend