आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

स्टेट अफ हर्मुजमा तनाव चर्किँदा तेलको मूल्य फेरि उकालो, एक सातामै १२ प्रतिशतले वृद्धि

आइतबार, साउन ३ २०८३
स्टेट अफ हर्मुजमा तनाव चर्किँदा तेलको मूल्य फेरि उकालो, एक सातामै १२ प्रतिशतले वृद्धि

अमेरिकी सेनाले इरानलाई हालैका व्यावसायिक जहाजमाथिका आक्रमणका लागि जिम्मेवार ठहर गर्दै थप सैन्य क्षमता कमजोर बनाउने अभियान जारी रहने स्पष्ट पारेको छ।

काठमाडौं- अमेरिका-इरानबीचको सैन्य तनाव पुनः चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्ररूपमा बढेको छ।

स्टेट अफ हर्मुज हुँदै हुने तेल आपूर्तिमा अवरोध बढ्दै गएपछि ब्रेन्ट र डब्लुटीआई दुवै कच्चा तेलको मूल्य एक महिनायताकै उच्च स्तरमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

साताको अन्तिम कारोबारतर्फ तेलको मूल्य करिब १२ प्रतिशतले बढ्ने देखिएको छ, जुन अप्रिलयताको सबैभन्दा ठूलो साप्ताहिक वृद्धि हो।

शुक्रबार एसियाली कारोबारमा ब्रेन्ट क्रुड करिब १ प्रतिशत बढेर प्रतिब्यारेल ८५.०६ अमेरिकी डलर पुगेको थियो भने डब्लुटीआई क्रुड १.२ प्रतिशत बढेर ७९.८८ अमेरिकी डलर प्रतिब्यारेल पुगेको थियो।

यसअघि साताको सुरुतिर ब्रेन्टको मूल्य ८६ अमेरिकी डलर नाघेको थियो। इरानले स्टेट अफ हर्मुज हुँदै गुडिरहेका यूएईद्वारा व्यवस्थापित दुईवटा तेल ट्यांकर आक्रमण गरेपछि क्षेत्रीय तनाव झन् बढेको हो।

तनाव बढेसँगै अमेरिकाले लगातार छैटौं रात पनि इरानमाथि सैन्य आक्रमण गरेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डका अनुसार तटीय निगरानी प्रणाली, हवाई प्रतिरक्षा संरचना, सैन्य रसद केन्द्र तथा समुद्री क्षमतासँग सम्बन्धित दर्जनौँ सैन्य लक्ष्यमा सटीक आक्रमण गरिएको छ।

अमेरिकाले इरानमाथि पुनः नौसैनिक नाकाबन्दी कडा बनाएको छ। गल्फ अफ ओमानस्थित स्टेट अफ हर्मुज बाहिर लागु गरिएको उक्त नाकाबन्दीको उद्देश्य इरानको तेल निर्यात क्षमतालाई सीमित गर्नु रहेको अमेरिकी पक्षले जनाएको छ।

बिहीबार अमेरिकी सेनाले इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापु नजिक इरानसँग सम्बन्धित प्रतिबन्धित तेल ट्यांकरलाई समेत निष्क्रिय बनाएको जनाएको छ। यसले अमेरिकाले इरानमाथिको दबाब अझ व्यापक बनाउँदै लगेको संकेत गरेको विश्लेषण गरिएको छ।

अमेरिकी सेनाले इरानलाई हालैका व्यावसायिक जहाजमाथिका आक्रमणका लागि जिम्मेवार ठहर गर्दै थप सैन्य क्षमता कमजोर बनाउने अभियान जारी रहने स्पष्ट पारेको छ।

यसैबीच युद्धविराम लगभग विफल बनेपछि स्टेट अफ हर्मुज हुँदै हुने जहाज आवागमन पुनः प्रभावित भएको छ। विश्वको ठूलो परिमाणमा तेल आपूर्ति हुने यो समुद्री मार्ग अवरुद्ध हुँदा मध्यपूर्वबाट हुने तेल आपूर्ति घट्ने चिन्ताले बजारमा मूल्य बढाउने दबाब थपिएको छ।

यता इरान समर्थित यमनका हुथी विद्रोहीहरूले पनि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सबाट संकेत पाएमा बाब एल-मन्देब जलमार्ग बन्द गर्ने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यदि त्यसो भएमा रातो समुद्र हुँदै हुने तेल तथा व्यापारिक ढुवानीमा समेत गम्भीर असर पर्ने अनुमान गरिएको छ।

हालको बजारमा ब्रेन्ट क्रुडको मूल्य करिब ८८.१० अमेरिकी डलर र डब्लुटीआई क्रुडको मूल्य ८२.४९ अमेरिकी डलर प्रतिब्यारेलसम्म पुगेको देखिएको छ, जसले पश्चिम एसियाको भू-राजनीतिक तनावले ऊर्जा बजारमा पुनः तीव्र अस्थिरता ल्याएको संकेत गरेको छ।


प्रकाशित : आइतबार, साउन ३ २०८३११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend