आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा १९ करोड ७ लाख रूपैयाँ, खराब कर्जा २.८९ प्रतिशतमा झर्‍यो

आइतबार, साउन ३ २०८३
फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा १९ करोड ७ लाख रूपैयाँ, खराब कर्जा २.८९ प्रतिशतमा झर्‍यो

चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले १९ करोड ७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.६४ प्रतिशतको वृद्धि हो।

काठमाडौं- फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा १९ करोड ७ लाख रूपैयाँ पुगेको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार चौथो त्रैमासको अन्त्यसम्ममा १९ करोड ७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको हो।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.६४ प्रतिशतको वृद्धि हो। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले १० करोड ९८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

वित्तीय विवरणअनुसार संस्थाको प्रतिसेयर आम्दानी १४ रूपैयाँ १८ पैसा कायम भएको छ। प्रतिसेयर नेटवर्थ १ सय ३७ रूपैयाँ २६ पैसा रहेको छ। हाल संस्थाको चुक्ता पुँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार ३ सय २३ रूपैयाँ रहेको छ।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी २२ करोड ७४ लाख ९१ हजार ७२१ रूपैयाँ पुगेको छ। जुन गत वर्ष २१ करोड १६ लाख ८१ हजार २३९ रूपैयाँ थियो। लघुवित्तको सञ्चालन नाफा पनि अघिल्लो वर्षको १५ करोड ७८ लाख १५ हजार ८६० रूपैयाँबाट बढेर २७ करोड २७ लाख ५१ हजार ८ सय १५ रूपैयाँ पुगेको छ।

यसैगरी, संस्थाको खराब कर्जा (एनपीएल) घटेर २.८९ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ३.८४ प्रतिशत थियो। संस्थाको पुँजी कोष अनुपात ३५.४३ प्रतिशत र कस्ट अफ फण्ड ४.७५ प्रतिशत रहेको छ।

first micro.PNG


प्रकाशित : आइतबार, साउन ३ २०८३११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend