आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

कामना सेवा विकास बैंकको नाफा बढ्यो, पुँजी कोष अनुपात १४.१६ प्रतिशत

आइतबार, साउन ३ २०८३
कामना सेवा विकास बैंकको नाफा बढ्यो, पुँजी कोष अनुपात १४.१६ प्रतिशत

समीक्षा अवधिमा बैंकले ८९ करोड ४१ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५१ प्रतिशतले बढी हो।

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको वित्तीय अवस्था मजबुत देखिएको छ।

समीक्षा अवधिमा बैंकले ८९ करोड ४१ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५१ प्रतिशतले बढी हो। बैंकको व्यवसाय विस्तार र इम्पेरमेन्ट चार्जमा आएको गिरावटले नाफा वृद्धिमा मुख्य भूमिका खेलेको देखिन्छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ६६ करोड ९ लाख ७५ हजार रूपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २२ रूपैयाँ ७५ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १ सय ७१ रूपैयाँ ०१ पैसा रहेको छ। यस्तै, यस अवधिमा बैंकको कुल चुक्ता पुँजी ४ अर्ब २१ करोड ३९ लाख ३० हजार ९ सय १५ रूपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानीतर्फ बैंकले २ अर्ब ४३ करोड ८ लाख ३२ हजार ८ सय ४७ रूपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्ष २ अर्ब ३३ करोड ८४ लाख ९४ हजार ३ सय १५ रूपैयाँ थियो। बैंकको सञ्चालन नाफा १ अर्ब ३४ करोड २५ लाख रूपैयाँबाट घटेर १ अर्ब ३४ करोड २३ लाख रूपैयाँमा खुम्चिएको भए तापनि खुद नाफामा भने सुधार देखिएको छ।

वित्तीय सूचकहरू तर्फ बैंकको निष्कृय कर्जा (एनपीएल) ३.७७ प्रतिशत रहेको छ। कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७८.३४ प्रतिशत कायम भएको छ। यसैगरी बैंकको पुँजी कोष अनुपात १४.१६ प्रतिशत रहेको छ।

kamana sews.PNG
कामना सेवा विकास बैंकको चौथो त्रैमासको वित्तीय विवरणकाे आधारमा 


प्रकाशित : आइतबार, साउन ३ २०८३११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend