आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

गत आवमा ५८ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता, आईटी क्षेत्रमा सबैभन्दा धेरै परियोजना

आइतबार, साउन ३ २०८३
गत आवमा ५८ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता, आईटी क्षेत्रमा सबैभन्दा धेरै परियोजना

आर्थिक वर्ष २०८२/८३ मा उद्योग विभागले कुल ५८ अर्ब १ करोड ८५ लाख ३०५ रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत गरेको छ।

काठमाडौं- आर्थिक वर्ष २०८२/८३ मा उद्योग विभागले कुल ५८ अर्ब १ करोड ८५ लाख ३०५ रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत गरेको छ।

विभागका अनुसार समीक्षा अवधिमा स्वचालित (अटोमेटिक) मार्गबाट ९ अर्ब ५८ करोड रुपैयाँ बराबरका ८९७ वटा परियोजना र अप्रुभ्ट रुटमार्फत ४८ अर्ब ४१ करोड ६६ लाख ३ हजार २५ रुपैयाँ बराबरका २१९ वटा परियोजना स्वीकृत भएका छन्। यससँगै वर्षभरिमा कुल १,११६ परियोजनाका लागि ५८ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको हो।

क्षेत्रगत रूपमा हेर्दा सूचनाप्रविधि (आईटी) क्षेत्रमा सबैभन्दा धेरै ७२७ परियोजना दर्ता भएका छन्। यस क्षेत्रमा २ अर्ब ८३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

त्यसैगरी पर्यटन क्षेत्र दोस्रो ठूलो आकर्षणका रूपमा देखिएको छ। पर्यटनसम्बन्धी २२७ परियोजनाका लागि १३ अर्ब ९९ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।

कृषिमूलक क्षेत्रमा १८ परियोजनाका लागि २३ अर्ब १८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ, जुन रकमका आधारमा सबैभन्दा ठूलो हिस्सा हो।

यस्तै उत्पादनमूलक (म्यानुफ्याक्चरिङ) क्षेत्रका ६३ परियोजनामा ३ अर्ब ९१ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ भने ऊर्जा क्षेत्रका ४ परियोजनाका लागि ७ अर्ब १६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता स्वीकृत भएको उद्योग विभागले जनाएको छ।

तथ्यांकले वैदेशिक लगानीकर्ताको आकर्षण विशेषगरी सूचना प्रविधि, पर्यटन र कृषिमा केन्द्रित भएको देखाएको छ भने रकमका आधारमा कृषि र ऊर्जा क्षेत्रले उल्लेखनीय हिस्सा ओगटेका छन्। सरकारले स्वचालित मार्गको व्यवस्था विस्तार गरेसँगै साना तथा मध्यम आकारका वैदेशिक लगानी परियोजनाको संख्या उल्लेखनीय रूपमा बढेको पनि विभागको तथ्यांकले देखाएको छ।


प्रकाशित : आइतबार, साउन ३ २०८३०७:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend