शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

वीरगञ्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन

शनिबार, साउन २ २०८३
वीरगञ्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन

विभागको कुल वार्षिक लक्ष्यमा वीरगञ्ज कार्यालयको योगदान ४१ दशमलव ४५ प्रतिशत रहेको छ।

काठमाडौं- वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा २ खर्ब ४३ अर्ब ८२ करोड रूपैयाँ राजस्व संकलन गरेको छ।

कार्यालयले गत आर्थिक वर्षमा वार्षिक लक्ष्यको ८९ दशमलव १९ प्रतिशत राजस्व संकलन गरेको सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए। कार्यालयका लागि गत आर्थिक वर्षभरिमा २ खर्ब ७३ अर्ब ३७ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। 

भन्सार विभागले गत आर्थिक वर्षभरिमा देशभरका सबै भन्सार कार्यालयबाट ५ खर्ब ८८ अर्ब २५ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। विभागको कुल वार्षिक लक्ष्यमा वीरगञ्ज कार्यालयको योगदान ४१ दशमलव ४५ प्रतिशत रहेको छ। 

कार्यालयले चालु आवको साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७४ करोड, असोजमा १९ अर्ब नौ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड, मङ्सिरमा २० अर्ब ८० करोड रूपैयाँ राजस्व संकलन गरेको थियो।

साथै पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड, चैतमा २२ अर्ब ८२ करोड, बैशाखमा २१ अर्ब ७४ करोड, जेठमा २२ अर्ब ३२ करोड र असारमा २२ अर्ब चार करोड रूपैयाँ राजस्व संकलन गरेको छ। रासस


प्रकाशित : शनिबार, साउन २ २०८३११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend