काठमाडौं- ३० हजार मेट्रिकटन रासायनिक मल नेपाल भित्रिन सुरु भएको छ। ग्लोबल टेन्डरमार्फतबाट नेपाल ल्याउन लागिएको ३० हजार मेट्रिकटन रासायनिक मल भारतको कोलकाता बन्दरगाहमा आइपुगेको छ।
सो मलमध्ये १ हजार २५० मेट्रिकटन मल आज नेपालतर्फ ढुवानी सुरु भएको छ। आज ढुवानी सुरु भएको मल करिब चार दिनभित्र नेपाल आइपुग्ने अनुमान गरिएको छ।
बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) को काम भइरहेको छ। प्याकेजिङ सम्पन्न भएसँगै क्रमशः बाँकी पनि छिट्टै नै नेपाल भित्रिने बताइएको छ।