काठमाडौं- शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार एकसय रूपैयाँले घटेको हो।
शुक्रबारका लागि सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार १०० रूपैयाँ तोकिएको छ। बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य प्रतितोला १२५ रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार चाँदी आज प्रतितोला ४ हजार दुईसय रूपैयाँमा कारोबार भइरहेको छ।