शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

मुस्ताङमा कृषि जोन कार्यक्रम : ४५८ किसान सूचीकृत, जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्य

शुक्रबार, साउन १ २०८३
मुस्ताङमा कृषि जोन कार्यक्रम : ४५८ किसान सूचीकृत, जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्य

स्याउ, आलु र च्याङ्ग्रा गरी ४५८ जोन कार्यक्रमअन्तर्गत किसानका विभिन्न फार्म, समूह र सहकारी संस्था यहाँ सूचीकृत भएका हुन्।

मुस्ताङ- मुस्ताङमा ४५८ किसान कृषि जोनमा सूचीकृत भएका छन्। नेपालमा ‘कृषि जोन’ (व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र) कार्यक्रम आर्थिक वर्ष २०७३/०७४ देखि लागू भएको हो।

च्याङ्ग्रा, स्याउ र आलु उत्पादन वृद्धिका लागि किसानको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत उक्त क्षेत्रमा जोन कार्यक्रम लागू गरिएको हो।

स्याउ, आलु र च्याङ्ग्रा गरी ४५८ जोन कार्यक्रमअन्तर्गत किसानका विभिन्न फार्म, समूह र सहकारी संस्था यहाँ सूचीकृत भएका हुन्।

च्याङ्ग्रा जोन आव २०७८/०७९ स्याउ २०७५/०७६ र आलु २०८०/०८१ देखि जोन कार्यान्वयनमा आएको हो। स्याउ जोन कार्यक्रममा २५८ च्याङ्ग्रामा १३५ किसान सूचीकृत भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ मुस्ताङका प्रमुख भरत गौतमले जानकारी दिए।

जसमध्ये १२९ वटा कृषि फार्म र ६ वटा कृषक समूह रहेका छन्। चालु वर्ष ५७ किसान च्याङ्ग्रा जोन कार्यक्रममा सूचीकृत भएका छन्। आलु जोनमा ९९ किसानको फार्म, समूह र सहकारी संस्था दर्ता छन्।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ मुस्ताङमा च्याङ्ग्रापालक किसानलाई पूर्वाधार निर्माण र कृषि उपकरणमा ५० प्रतिशत सहुलियत, स्याउ जोन कार्यक्रमअन्तर्गतका किसानलाई १६ हजार स्याउका बिरुवा वितरणमा ५० प्रतिशत अनुदान र आलु जोन कार्यक्रमअन्तर्गत २३ किसानलाई ९ हजार ८०० केजी आलुको बीउ वितरण गरिएको छ। रासस


प्रकाशित : शुक्रबार, साउन १ २०८३१२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend