शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा, २० करोड ९० लाख बिगो दाबी

शुक्रबार, साउन १ २०८३
पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा, २० करोड ९० लाख बिगो दाबी

दीपक भट्टको सम्पत्ति शुद्धीकरणको मतियार भएको अभियोगमा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध मुद्दा दायर भएकोछ

काठमाडौं- दीपक भट्टको सम्पत्ति शुद्धीकरणको मतियार भएको अभियोगमा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध मुद्दा दायर भएकोछ। 

दीपक भट्टसमेत संलग्न रहेको यस मुद्दामा थप अनुसन्धानपश्चात् विशेष अदालतमा विष्णुप्रसाद पौडेलसहित कुल ६ जना प्रतिवादीहरू विरुद्ध मुद्दा दायर भएको छ।

अदालतबाट जारी सूचनाअनुसार, प्रतिवादीहरूमा ६ जना व्यक्ति र १० वटा प्रालि (कम्पनी) रहेका छन्। निजहरूमाथि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफाअनुसार अवैध सम्पत्ति लुकाउन र छल्न सहयोग गरेको (मतियारको कार्य) अभियोग लगाइएको छ।

मुद्दामा मुख्य रूपमा २० करोड ९० लाख बिगो माग गरिएको गरेको छ।


प्रकाशित : शुक्रबार, साउन १ २०८३०६:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend