मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

६ अंकले बढ्यो सेयर बजार, ८ अर्ब ४१ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ३० २०८३
६ अंकले बढ्यो सेयर बजार, ८ अर्ब ४१ करोड रुपैयाँको कारोबार

आज नेप्सेमा २ सय ३४ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी १ सय २८ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ८३ कम्पनीको १ करोड ८२ लाख ९३ हजार ५ सय ९६ कित्ता सेयर ५३ हजार ८ सय ५४ पटक किनबेच भएको छ।

काठमाडौं- साताको दोस्रो कारोबार दिन आज मंगलबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ६.११ अंकले बढे २५७६.२९ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से ३०.६० अंकले घटेर २५७०.१८ बिन्दुमा पुगेर बन्द भएको थियो।

आज नेप्सेमा २ सय ३४ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी १ सय २८ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ८३ कम्पनीको १ करोड ८२ लाख ९३ हजार ५ सय ९६ कित्ता सेयर ५३ हजार ८ सय ५४ पटक किनबेच भएको छ।

आज ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार ४ सय २५ रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार १ सय १६ रुपैयाँको कारोबार भएको थियो।

कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर सबैभन्दा धेरै १०.२२ प्रतिशतले बढेको छ। नेपाल एसबीआई बैंक डिबेन्चर सबैभन्दा धेरै ९.६८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै केबीएल डिबेन्चरको ५७ करोड ७१ लाख रुपैयाँ बराबरको ऋणपत्र कारोबार भएको छ।

आजको कारोबारमा १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक घटेको छ। १२ उपसमूहको परिसूचक बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.४७ प्रतिशत बढेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.१८ प्रतिशत घटेको छ।

 


प्रकाशित : मंगलबार, असार ३० २०८३१५:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend