सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

हुन्डाइ 'नेक्स्ट जेन कप’ सम्पन्न, फुटबलका लागि हुन्डाइ नेपालको अर्थपूर्ण पहल

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार २९ २०८३
हुन्डाइ 'नेक्स्ट जेन कप’ सम्पन्न, फुटबलका लागि हुन्डाइ नेपालको अर्थपूर्ण पहल

काठमाडौं- नेपालमा हुन्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एजी टेन एकेडेमी सँगको सहकार्यमा ‘हुन्डाइ नेक्स्ट जेन कप’ सफलतापूर्वक सम्पन्न गरेको छ।

यस पहलले हुन्डाइ नेपाल को ग्रासरुट फुटबलको विकास र नेपाली फुटबलका भावी प्रतिभालाई अवसर प्रदान गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई पुनः उजागर गरेको छ। ललितपुरस्थित च्यासल मैदानमा आयोजित १६ वर्षमुनि एकदिने प्रतियोगितामा आठ टोलीका ८० युवा खेलाडी सहभागी भएका थिए।

फिफा विश्वकपले विश्वभर फुटबलप्रति उत्साह जगाइरहेको बेला हुन्डाइ नेपालले भने प्रत्येक खेलाडीको यात्रा सुरु हुने स्थानीय मैदानमै भविष्यका प्रतिभाका लागि अवसर सिर्जना गर्ने अभियानलाई प्राथमिकता दियो।

फिफा विश्वकपको अफिसियल पार्टनर का रूपमा हुन्डाइ ले आफ्नो विश्वव्यापी ब्रान्ड भिजन 'नेक्स्ट स्टार्स नाउ' अनुरूप नेपालमा पनि ग्रासरुट फुटबलको दिगो विकासमा योगदान पुर्‍याउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको हो।

प्रतियोगितामा टिम क्रेटा इलेक्ट्रिक, टिम भेन्यु, टिम आयोनिक फाइभ, टिम एक्स्टर, टिम कोना, टिम क्रेटा, टिम ग्रान्ड आई टेन र टिम प्यालिसेड गरी आठ टोलीबीच प्रतिस्पर्धा भएको थियो। रोमाञ्चक प्रतिस्पर्धापछि टिम भेन्यु विजेता बन्दा टिम क्रेटा इलेक्ट्रिक उपविजेतामा सीमित रह्यो।

प्रतियोगिताले युवा खेलाडीहरूलाई व्यवस्थित प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो क्षमता प्रदर्शन गर्ने, सिक्ने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा खेलप्रतिको समर्पणलाई अझ मजबुत बनाउने अवसर प्रदान गर्‍यो।

साथै एजी टेन एकेडेमी सँगको सहकार्यमार्फत नेपाली फुटबलको ग्रासरुट विकासमा दीर्घकालीन योगदान पुर्‍याउने साझा उद्देश्यलाई थप सुदृढ बनाएको छ।

यस अवसरमा एजीटेन एकेडेमीका निर्देशक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले भने, 'नेपालमा प्रतिभाको अभाव कहिल्यै थिएन, अभाव थियो अवसरको। यस्ता प्रतियोगिताले युवा खेलाडीलाई ठूलो सपना देख्ने मात्र होइन, त्यसलाई पूरा गर्ने आत्मविश्वास पनि दिन्छन्। हुन्डाइ नेपाल को यस्तो साथले नेपाली फुटबलको भविष्यलाई अझ बलियो बनाउने विश्वास लिएको छु।'

हुन्डाइ नेक्स्ट जेन कप युवा विकास, समुदायसँगको सहकार्य तथा ग्रासरुट खेलकुद प्रवर्द्धनमार्फत अर्थपूर्ण सामाजिक योगदान गर्ने हुन्डाइ नेपाल को दीर्घकालीन सोचको प्रतिबिम्ब हो। हुन्डाइ नेक्स्ट जेन कप को सफल समापनसँगै हुन्डाइ नेपालले ग्रासरुट फुटबलको विकास र भावी पुस्ताका खेलाडीलाई अवसर प्रदान गर्ने आफ्नो यात्रालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।


प्रकाशित : सोमबार, असार २९ २०८३१७:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend