आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

'रियल ड्राइभर्स वान्टेड' अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक, सुरुवाती मूल्य ५७ लाख ९० हजार

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार २८ २०८३
'रियल ड्राइभर्स वान्टेड' अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक, सुरुवाती मूल्य ५७ लाख ९० हजार

१.० लिटर र १.५ लिटर टीएसआई इन्जिन विकल्पमा उपलब्ध यो एसयूभी ८ स्पिड अटोमेटिक ट्रान्समिसन तथा डीएसजी ट्रान्समिसनसहित नेपाल भित्रिएको हो।

काठमाडौं- स्कोडा नेपालले फेसलिफ्ट भर्सनको नयाँ स्कोडा कुशाकलाई ‘रियल ड्राइभर्स वान्टेड’ भन्ने ट्यागलाइनसहित सार्वजनिक गरेको छ। नयाँ कुशाक एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल तथा एमएडब्लू एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्तरूपमा सार्वजनिक गरेका छन्। 

कुशाक चार्टमा तुलना गरेर उत्कृष्ट देखिने गाडी होइन, यो त स्टेयरिङ समात्दा प्राप्त हुने वास्तविक अनुभवलाई प्राथमिकता दिने चालकका लागि निर्माण गरिएको एसयूभी भएको कम्पनीको भनाइ छ। 

यही सोच कुशाकको इन्जिनियरिङमा पनि झल्किन्छ। १.० लिटर र १.५ लिटर टीएसआई इन्जिन विकल्पमा उपलब्ध यो एसयूभी ८ स्पिड अटोमेटिक ट्रान्समिसन तथा डीएसजी ट्रान्समिसनसहित नेपाल भित्रिएको हो। यसले उत्कृष्ट नियन्त्रण र सहज चालन अनुभूती प्रदान गर्दै वास्तविक ड्राइभिङको आनन्द दिन्छ।

साथै पछाडिको सिटमा उपलब्ध मसाज सुविधाले यस सेग्मेन्टमा विरलै पाइने युरोपेली स्तरको आराम प्रदान गर्छ। यसको अर्थ कुशाकलाई सुरुमा उत्कृष्ट इन्जिनियरिङ गरिएको छ र त्यसपछि आरामलाई ध्यानमा राखेर निर्माण गरिएको छ।

नेपालमा कुशाकको विशेषता यसको उत्कृष्ट फिचरमा मात्र सीमित छैन, यसको स्वामित्व लागत पनि उत्तिकै आकर्षक छ। युरोपेली इन्जिनियरिङको विरासत बोकेको यो अन्तर्राष्ट्रिय ब्रान्डको एसयूभी ५७ लाख ९० हजार रुपैयाँदेखि उपलब्ध छ। एमएडब्लू वृद्धिले कायम गरेको मूल्यले विश्वस्तरीय ड्राइभिङ अनुभवलाई अझ सहज पहुँचमा ल्याएको छ।

साथै कम्पनीको प्रमिस अफ टुवेल अन्तर्गत देशभरका १२ वटै सेवा केन्द्रबाट वार्षिक मर्मतसम्भार योजना पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसमा कुनै लुकेका शुल्कहरू छैनन् र हरेक १२ महिना वा १२ हजार किलोमिटरमा केवल १२ हजार रुपैयाँको निश्चित शुल्क लाग्ने व्यवस्था गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै विष्णुकुमार अग्रवालले कुशाकले युरोपेली इन्जिनियरिङलाई नेपाली सडकमा ल्याएको बताए। तर नेपाली ग्राहकलाई युरोपेली मूल्य तिर्न बाध्य नबनाएको उनको भनाइ छ। यही नै यसको वास्तविक मूल्य भएको उनले बताए। 

त्यसैगरी रौनक अग्रवालले यो गाडी उत्कृष्ट ड्राइभिङ अनुभव चाहने व्यक्तिहरूका लागि बनाइएको एसयूभी भएको उल्लेख गरे। 

नयाँ कुशाक सार्वजनिक भएसँगै स्कोडा नेपालले कुशाकलाई नेपालमा चालक(केन्द्रित एसयूभीको स्पष्ट पहिचानसहित अझ सुदृढ बनाएको छ। उत्कृष्ट प्रदर्शन, युरोपेली विरासत र आकर्षक मूल्यको संयोजनले कुशाकलाई आफ्नो सेगमेन्टमा विशेष बनाएको कम्पनीले जनाएको छ।

स्कोडा नेपालले नेपाली बजारमा विश्वस्तरीय सवारीसाधनहरू उपलब्ध गराउँदै आएको छ। आधुनिक युरोपेली डिजाइन, उन्नत प्रविधि र भरपर्दो कार्यसम्पादनको संयोजन भएका स्कोडाका गाडीहरू नेपालको व्यस्त सहरी सडकदेखि चुनौतीपूर्ण पहाडी राजमार्गसम्मका विविधतायुक्त सडक अवस्थालाई ध्यानमा राखेर तयार गरिएका छन्। 

सुरक्षा, इन्धन दक्षता र नवीन इन्जिनियरिङमा विशेष जोड दिँदै स्कोडाले गुणस्तर, आरामदायी यात्रा र विश्वसनीयतामा नयाँ मापदण्ड स्थापित गर्दै आएको छ। देशभर विस्तार भइरहेको शोरुम तथा सर्भिस सेन्टरहरूको नेटवर्कले ग्राहकलाई थप सहज सेवा प्रदान गरिरहेको छ। 

नेपालमा स्कोडा ब्रान्डको आधिकारिक प्रतिनिधित्व एमएडब्लू समूहअन्तर्गतको अटोमोबाइल कम्पनी एमएडब्लू वृद्धिले गर्दै आएको छ। बिक्री, बजार प्रवर्द्धन, वितरण तथा ग्राहक अनुभवलाई केन्द्रमा राख्दै एमएडब्लु वृद्धिले विश्वप्रसिद्ध मोबिलिटी सोलुसन्स नेपाली ग्राहकसम्म पुर्‍याउँदै स्कोडा ब्रान्डको विस्तारमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।


प्रकाशित : आइतबार, असार २८ २०८३१८:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend