बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

ओरालोतिरै सेयर बजार, १९.६७ अंकले घट्यो, ४ अर्ब ६१ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार २५ २०८३
ओरालोतिरै सेयर बजार, १९.६७ अंकले घट्यो, ४ अर्ब ६१ करोड रुपैयाँको कारोबार

काठमाडौं- सेयर बजार लगातार कमजोर देखिएको छ। बुधबार ३०.०९ अंकले घटेको बजार बिहीबार १९.६७ अंकले घटेको छ। 

मंगलबार २४.५७ अंकले बढेर २६५१.६८ बिन्दुमा पुगेको बजार त्यसयता लगातार घटेको हो। बिहीबार १९.६७ अंकले घटेर बजार २६०१.९२ बिन्दुमा झरेको छ। 

४ अर्ब ६१ करोड १९ लाख रुपैयाँको कारोबार भएको बजारमा ४२ कम्पनीको मात्र सेयर बजार बढेको छ। २२९ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

नयाँ सरकार आएयता बजारको सुधार अपेक्षा गरिरहेका लगानीकर्ता निरास देखिएका छन्। मौद्रिक नीतिपछि बजार बढ्ने अपेक्षा पनि पूरा हुन सकेको छैन। सरकारले निजी क्षेत्रसँग साथ लिएर काम गर्ने प्रयास गरेको बताइरहँदा बजारमा लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। 


प्रकाशित : बिहीबार , असार २५ २०८३१५:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend