बिहीबार , असार २५ गते २०८३    
बिहीबार , असार २५ २०८३

प्रतितोला २ हजार ४ सय रुपैयाँले घट्यो सुनको मूल्य

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार २५ २०८३
प्रतितोला २ हजार ४ सय रुपैयाँले घट्यो सुनको मूल्य

हिजो बुधबार सुन प्रतितोला २ लाख ८७ हजार १ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौं- नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ। हिजो बुधबारको तुलनामा सुन तोलामा २ हजार ४ सय र चाँदी १ सय ६० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८४ हजार ७ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ३ सय ४० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार सुन प्रतितोला २ लाख ८७ हजार १ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ७५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित : बिहीबार , असार २५ २०८३११:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend