बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार २४ २०८३
मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।

काठमाडौं- सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ। कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव थिए।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।

मुख्यसचिव सुमनराज अर्यालको पदावधि सकिएपछि कार्की नयाँ मुख्यसचिव भएका हुन्। सरकारले वरिष्ठताभन्दा पनि आगामी कार्यकालको अवधि तथा कार्यप्रदर्शनको आधारमा नियुक्त गरेको बताएको छ।

मुख्यसचिव सुमनराज अर्याल यही असार २६ गतेदेखि अनिवार्य अवकाश हुँदै छन्। 

त्यस्तै सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गरेको छ।

यस्तै गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ।

मन्त्री पोखरेलले सरकारले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली २०८३, स्वीकृत गरेको बताए। शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।

कारागार नियमावली, २०८३ स्वीकृत गरेको छ। मानव अधिकार सम्बन्धी छैटौँं कार्ययोजना स्वीकृत गरेको पनि बताए। भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना स्वीकृत गर्ने निर्णय गरेको बताए।


प्रकाशित : बुधबार, असार २४ २०८३१६:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend