बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

नेप्से परिसूचक ३० अंकले घट्यो, कारोबार बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार २४ २०८३
नेप्से परिसूचक ३० अंकले घट्यो, कारोबार बढ्यो

आज नेप्सेमा ६२ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी २ सय ८६ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ६२ कम्पनीको ८४ लाख ६३ हजार १५ कित्ता सेयर ७७ हजार ६ सय २७ पटक किनबेच भएको छ।

काठमाडौं- साताको तेस्रो कारोबार दिन आज बुधबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३०.०९ अंकले घटेर २६२१.५९ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से २४.५७ अंकले बढेर २६५१.६८ बिन्दुमा पुगेर बन्द भएको थियो।

आज नेप्सेमा ६२ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी २ सय ८६ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ६२ कम्पनीको ८४ लाख ६३ हजार १५ कित्ता सेयर ७७ हजार ६ सय २७ पटक किनबेच भएको छ।

आज ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार ८ सय २५ रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ४० करोड ७ लाख ५२ हजार ५ सय ४२ रुपैयाँको कारोबार भएको थियो।

१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९० ८.८७ प्रतिशत र एनएमबि डिबेन्चर ५ प्रतिशतले बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड सेयरमूल्य सबैभन्दा धेरै १३.४१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै ११ प्रतिशत केबीएल डिबेन्चर २०८९ को ६२ करोड ३९ लाख रुपैयाँ बराबरको ऋणपत्र कारोबार भएको छ।

आजको कारोबारमा १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ। १२ उपसमूहको परिसूचक घटेको छ।

कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.७० प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।


प्रकाशित : बुधबार, असार २४ २०८३१५:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend