बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

साइबर जोखिम न्यूनीकरणका लागि वर्ल्डलिंकको अभियान, समुदायस्तरमै पुगेर इन्टरनेट सचेतना जगाउँदै

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार २४ २०८३
साइबर जोखिम न्यूनीकरणका लागि वर्ल्डलिंकको अभियान, समुदायस्तरमै पुगेर इन्टरनेट सचेतना जगाउँदै

काठमाडौं- नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायस्तरमै डिजिटल साक्षरता तथा सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी सचेतना कार्यक्रम सुरु गरेको छ।

काठमाडौं- नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिं कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायस्तरमै डिजिटल साक्षरता तथा सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी सचेतना कार्यक्रम सुरु गरेको छ। 

कम्पनीले आफ्नो 'वर्ल्डलिं इन्टरनेट एकेडेमी' कार्यक्रममार्फत नेपालमै पहिलो पटक यस्तो सामुदायिक पहल गरेको हो।

 २०८२ साउन देखि २०८३ जेठ सम्म सञ्चालन गरिएका विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रममार्फत काठमाडौं उपत्यकाका विभिन्न समुदायका ३ सय ९२ जना नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै साइबर दुर्व्यवहार, अनलाइन ठगी, गोपनीयता उल्लङ्घन तथा गलत सूचना (फेक न्यूज) जस्ता जोखिमहरू बढेपछि वर्ल्डलिंले यो अभियान चलाएको हो। विशेषगरी बालबालिका र युवाहरूलाई सुरक्षित र जिम्मेवार डिजिटल अभ्यासबारे सचेत गराउनु आजको आवश्यकता बनेको कम्पनीले जनाएको छ।

यस अभियानमा प्रयोग गरिएका तालिमका विषयवस्तुहरू नेपाल प्रहरीको साइबर ब्यूरोद्वारा अध्ययन गरी विद्यालय र समुदायस्तरमा प्रयोगका लागि अनुमोदित गरिएका छन्। यसले कार्यक्रमको गुणस्तर, विश्वसनीयता र प्रभावकारितालाई थप सुदृढ बनाएको कम्पनीकी प्रमोटर सेयरहोल्डर तथा सीएसआर डाइरेक्टर अनुपा भण्डारी जालानले बताए।

यस अभियानअन्तर्गत चालु आर्थिक वर्षमा भक्तपुरको चाँगुनारायण नगरपालिकाको समन्वयमा १९ वटा विद्यालयका करिब १ हजार ४ सय ९० विद्यार्थीहरू लाभान्वित भएका थिए। विद्यालयमा प्राप्त सकारात्मक प्रतिक्रिया र समुदायस्तरबाट बढ्दो मागका आधारमा यसै आर्थिक वर्षदेखि यो कार्यक्रमलाई समुदायस्तरमा पनि विस्तार गरिएको हो।

समुदायस्तरमा महिला मानव अधिकार संस्था, काठमाडौँ महानगरपालिका वडा नं. ९ र १०, तथा टोखा नगरपालिकाका सम्पूर्ण वडाहरूसँगको सहकार्यमा यस वर्ष कुल १२ वटा तालिम सत्रहरू सञ्चालन गरिएका छन्। जसमा महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता थियो।

तालिममा सहभागीहरूलाई जिम्मेवार इन्टरनेट प्रयोग, डिजिटल साक्षरता, अनलाइन सुरक्षा, साइबर बुलिङ, व्यक्तिगत गोपनीयता संरक्षण, डिजिटल उत्पीडन, अनलाइन ठगी तथा गलत सूचनाका जोखिमबारे व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।

तालिममा सहभागी एक महिला स्वास्थ्य स्वयंसेविकाले डिजिटल सुरक्षाका विषयमा आफ्नो ज्ञान बढेको र अब इन्टरनेटको सही सदुपयोग गर्ने बताए। आफूले सिकेको जानकारी परिवार र समुदायसम्म पुर्‍याउने प्रतिबद्धता समेत उनले बताए

नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या तीव्र गतिमा बढिरहेका बेला वर्ल्डलिंको यो अभियानलाई डिजिटल समावेशीकरण र सुरक्षित अनलाइन संस्कृति निर्माणतर्फको एक सार्थक कदमका रूपमा हेरिएको छ। आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई थप समुदायमा विस्तार गर्ने योजना रहेको वर्ल्डलिंले जनाएको छ।


प्रकाशित : बुधबार, असार २४ २०८३१३:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend