मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २३ २०८३
हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु

विसं २०३५ देखि विसंं २०५६ सम्म कपडा उत्पादन भइ विसं २०५७ देखि उद्योग बन्द भएको थियो।

बागमती- लामो समयदेखि बन्द हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने हेतुले कारखानाको भौतिक पूर्वाधार तथा उपकरणको अवस्था एवं परीक्षण अघि बढेको छ।

सरकारले उद्योगको पुनः सञ्चालनको तयारी गरेसँगै सम्बद्ध निकायबाट त्यहाँको उपकरणको परीक्षण लगायतका काम अघि बढेको औद्यागिक क्षेत्र व्यवस्थापन लिमिटेड हेडौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिए।

उद्योग विसं २०३२ मा स्थापना भएको थियो। विसं २०३५ देखि विसंं २०५६ सम्म कपडा उत्पादन भइ विसं २०५७ देखि उद्योग बन्द भएको थियो।

यसवर्ष सरकारले उद्योगको पुनः सञ्चालनमा ल्याउने तयारी गरेसँगै सरकारी तबरबाट सम्बद्ध निकायले स्थलगत अनुगमनसँगै सक्रियता बढाइरहेको उनले बताए। कपडा उद्योगसँगै बुटवल धागो र बाँकेको कपास उत्पादन कारखाना पनि बन्द छन्। रासस


प्रकाशित : मंगलबार, असार २३ २०८३१६:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend