बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

मोदीले भने- नेपालको व्यापार घाटा कम गर्न प्रयास गर्छौं

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत १९ २०७८
images
images
मोदीले भने- नेपालको व्यापार घाटा कम गर्न प्रयास गर्छौं
images
images

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको व्यापार घाटा कम गर्न आफूहरूले पनि आवश्यक प्रयास गर्ने बताएका छन्। 

images
images

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा नेपालले झेल्नु परेका व्यापार घाटा कम गर्न आवश्यक प्रयास गरिने बताए।

images
images

दुवै देशका प्रधानमन्त्रीले नेतृत्व गरेको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा बहुआयमिक भारत-नेपाल सम्बन्धका सबै पक्षमा छलफल र समीक्षा भएको जानकारी दिँदै भारतका प्रधानमन्त्री मोदीले ऊर्जा क्षेत्रमा साझेदारी र सहकार्य गर्न दुवै देश सहमत भएको बताए। दुई दशकभन्दा लामो समयदेखि गतिहीन बनेको पञ्चेश्वर बहुद्देश्यीय परियोजनालाई द्रुतगतिमा अघि बढाउने प्रतिबद्धता पनि उनले दोहोर्‍याए। 

images
images

नेपालमा उत्पादित विद्युत् भारतले खरिद गर्ने, स्वच्छ ऊर्जा प्रवर्द्धनमा भारतले सघाउने, आजदेखि सञ्चालनमा आएको जयनगर–कुर्था रेल सेवाले दुई देशका जनताबीचको सम्पर्क र सम्बन्धलाई अझ सघन तुल्याउने विश्वास व्यक्त गरे।

भारत र नेपालबीचको खुला सिमानाको दुरुपयोग नहोस्भन्नेतर्फ आफूहरू सचेत रहेको तथा त्यस सम्बन्धमा पनि आफूहरूले छलफल गरेको जानकारी दिँदै भारतका प्रधानमन्त्रीले धार्मिक पर्यटन प्रवद्र्धनका लागि रामायण परिपथको विकास, नेपालगञ्जमा एकीकृत जाँच चौकी निर्माण, नेपाल प्रहरीलाई समयानुकूल तालिम दिने प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणमा भारत–नेपाल साझेदारी हुने बताए। 

काठमाडौंको पशुपतिनाथ र वाराणसीको काशीविश्वनाथका कारण दुई देशबीचको सम्बन्ध अनादिकालदेखि विशेष रहेको प्रसङ्ग जोड्दै उनले प्रधानमन्त्री देउवाले भोलि गर्ने काशीविश्वनाथको यात्रा फलदायी रहोस् भन्ने कामना पनि गरे।

भारतका प्रधानमन्त्री मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रुपमा विकास भइरहेको बताए। 

मोदीले भारत र नेपालको मैत्री, दुई देशका जनताबीचको सम्बन्ध एउटा अनुपम उदाहरणका रुपमा रहेको र त्यस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशमा नदेखिएको बताए।

भारत र नेपालको सभ्यता, संस्कृति र पारस्परिक सम्बन्ध आदानप्रदानको डोरी प्राचीनकालदेखि जोडिएको बताउँदै उनले भने, 'अनादिकालदेखि हामी एकअर्काका सुखदुःखका साथी हौँ।'

प्रधानमन्त्री मोदीले नवरात्र प्रारम्भ भएको पवित्र दिन नेपालका प्रधानमन्त्रीलाई नयाँदिल्लीमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै नेपाल र भारतका नागरिकहरूमा नवरात्रको शुभकामना पनि व्यक्त गरे। 

प्रधानमन्त्री देउवा भारतका पुराना मित्र हुनुहुन्छ भन्दै उनले भारत–नेपाल सम्बन्धलाई उन्नत एवं गतिशील तुल्याउन श्री देउवाले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। रासस


प्रकाशित : शनिबार, चैत १९ २०७८०९:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend