सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

नेप्सेका सीईओ चुडामणि चापागाईंले दिए राजीनामा

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार २२ २०८३
नेप्सेका सीईओ चुडामणि चापागाईंले दिए राजीनामा

उनले आज सोमबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् । चापागाईंले घरायसी तथा व्यक्तिगत कारणले गर्दा आफूले पदबाट राजीनामा दिएको छन्।

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले राजीनामा दिएका छन्।

आज सोमबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष चापागाईंले आफ्नो राजीनामा पत्र बुझाएका हुन्। उनले घरायसी तथा व्यक्तिगत कारणले गर्दा आफूले पदबाट राजीनामा दिएको जनाएका छन्।

चापागाईं २०८१ साल चैत १९ गते नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त भएका थिए। छोटो कार्यकालमै उनले आफ्नो पदबाट आकस्मिक रूपमा राजीनामा दिएका हुन्।


प्रकाशित : सोमबार, असार २२ २०८३१३:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend