शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

जनतालाई महसुस हुनेगरी सरकारले काम गर्न सकेन : हर्क साम्पाङ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १९ २०८३
जनतालाई महसुस हुनेगरी सरकारले काम गर्न सकेन : हर्क साम्पाङ

सरकारले सय दिनमा गरेका कामहरुको जनताले महसुस गरेजस्तो आफ्नो अनुभूति नरहेको अध्यक्ष राईको भनाइ छ।

काठमाडौं- सरकारले आफनो सय दिनमा जनतालाई महसुस हुनेगरी काम गर्न नसकेको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बताएका छन्।

दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गेपुल उद्घाटन गरी शुक्रबार काठमाडौं फर्किएसँगै उनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ उक्त प्रतिक्रिया दिएका हुन्।

अध्यक्ष राईले सरकारले केही गर्ने कोसिस गरेपनि जनताले महसुस हुनेगरी परिणाम दिन नसकेको बताए।

उनले महँगी धेरै बढेकाले त्यसको नियन्त्रण गर्न आफूहरुले सरकारलाई सुझाव दिँदै आएको पनि स्मरण गराए। सरकारले सय दिनमा गरेका कामहरुको जनताले महसुस गरेजस्तो आफ्नो अनुभूति नरहेको अध्यक्ष राईको भनाइ छ।

‘कोसिस उहाँहरुले गर्नुभएको हो तर रिजल्ट चाहीँ जनतालाई त्यति महसुस भएको छैन। रिजल्ट भएको महसुस हुुनुपर्दछ। महँगीहरु धेरै भयो अब महँगी नियन्त्रण गर्नुपर्दछ भन्ने हाम्रो सल्लाह सुझाव रहेको थियो। म दार्चुला हुँदा देखेको थिएँ त्यता आमसञ्चार छैन। अब हेर्न पनि पाइँदैन। पेट्रोलको भाउ अलि घटयो रे भन्ने छ।’

अध्यक्ष राईले सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य घटाएको भन्दै सरकारको उक्त निर्णयको समर्थन गरे। उनले दार्चुला विकट रहेकाले त्यहाँको विकासमा सहभागी हुन पाउँदा आफू खुशी भएको पनि बताए। 


प्रकाशित : शुक्रबार, असार १९ २०८३१५:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend