शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

नेप्से परिसूचक ८ अंकले घट्यो, कारोबार बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १९ २०८३
नेप्से परिसूचक ८ अंकले घट्यो, कारोबार बढ्यो

आज नेप्सेमा १ सय ३ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी १ सय ६० कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ४५ कम्पनीको ८५ लाख ८४ हजार ४ सय १ कित्ता सेयर ४६ हजार २ सय ३४ पटक किनबेच भएको छ।

काठमाडौं- साताको पाँचौं तथा अन्तिम  कारोबार दिन आज शुक्रबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ८.३० अंकले घटेर २६५३.४० बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से  ८.७८ अंकले बढेर बन्द भएको थियो।

यो साता सेयर बजारमा उतारचढाब देखीएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से १६.५४ अंकले घटेर बन्द भएको थियो। त्यसैगरि दोस्रो कारोबार दिन मंगलबार २४.६३ अंकले घट्यो। तेस्रो कारोबार दिन भने बजारले सकरात्मक गति लियो। यस दिन सेयर बजार ४४.५९ अंकले बढेर बन्द भएको थियो। चौथो कारोबारमा पनि ८.७८ अंकले बढेर बन्द भएको सेयर बजार साताको अन्तिम कारोबार दिन आज ८.३० अंकले घटेको हो। यो साता समग्रमा सेयर बजार २.९४ अंकले घटेको छ।

आज नेप्सेमा १ सय ३ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी १ सय ६० कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ४५ कम्पनीको ८५ लाख ८४ हजार ४ सय १ कित्ता सेयर ४६ हजार २ सय ३४ पटक किनबेच भएको छ।

आज ४ अर्ब ४१ करोड २३ लाख ४० हजार ५ सय ३७ रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार ७ सय रुपैयाँको कारोबार भएको थियो।

आज स्नो रिभर्स लिमिटेड, कालंगा हाइड्रो लिमिटेड, सानीगाड हाइड्रो लिमिटेड र नेपाल फाइनान्स लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ। अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य १३.६५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै ४% कृषि ऋणपत्रको ४३ करोड रुपैयाँ बराबरको ऋणपत्र कारोबार भएको छ।

आजको कारोबारमा १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ। ८ उपसमूहको परिसूचक घटेको छ। फाइनान्स उपसमूहको परिसूचक सबैभन्दा धेरै १.०६ प्रतिशतले बढेको छ। कारोबारमा आएको बैंकिङ उपसमूहको परिसूचक यस दिन सर्वाधिक ०.९६ प्रतिशत घटेको छ।

विकास बैंक  उपसमूहको परिसूच ०.२९ अंकले बढ्यो । बैंकिङ ०.९६ प्रतिशत घट्यो। होटल तथा पर्यटन ०.३८, लगानी ०.६२, जीवन बीमा ०.७१, उत्पादन तथा प्रशोधन ०.४४, निर्जीवन बीमा ०.०२ तथा अन्य समूह ०.१३ प्रतिशतले घटेको छ।

पछिल्लो समय बजार निरन्तर घटेको छ। बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको सय दिन पुग्न लाग्दा पनि सेयर बजारले अपेक्षाअनुसार गति लिन सकेको छैन।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित आर्थिक निकायमा विज्ञहरू राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल र नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टजस्ता अर्थशास्त्र र वित्तीय प्रणाली बुझेका व्यक्तिहरू प्रमुख आर्थिक निकायमा पुगेपछि आर्थिक नीतिमा स्पष्टता आउने र बजारले सकारात्मक दिशा लिने विश्वास गरिएको थियो। लगानीकर्तामा पनि उत्साह थियो, तर सरकारको वित्तीय कडाइले बजारमा त्रास देखियो।

अर्थतन्त्रको सुस्तता, निजी क्षेत्रको कमजोर लगानी र आईपीओ आपूर्ति बढ्ने अनुमानले बजार प्रभावित भएको छ।साथै, बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक र बैंक-व्यवसायी अलग गर्ने नीतिगत बहसले लगानीकर्ताको मनोबल कमजोर बनाउँदा नयाँ लगानी भित्रिन सकेको छैन।

विज्ञ नेतृत्वबाट पुँजीबजार सुधार र लगानीमैत्री सन्देश पाउने लगानीकर्ताको उच्च अपेक्षा हालसम्म व्यवहारमा रूपान्तरण हुन सकेको देखिँदैन।

 

 

 

 


प्रकाशित : शुक्रबार, असार १९ २०८३१५:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend