काठमाडौं- नेपालका आधाभन्दा धेरै घरपरिवार घुमफिर प्रायोजनका लागि घरबाट बाहिर निस्किने गरेको तथ्यांक सार्वजनिक भएको छ। आधाभन्दा धेरै नेपाली विभिन्न प्रायोजनका लागि घरभन्दा बाहिर जाने गरेको पाइएको हो।
राष्ट्रिय तथ्यांक कार्यालयले गरेको घरेलु पर्यटनको सर्वेक्षण अनुसार वर्षमा ५२ प्रतिशत घरपरिवारबाट घुमफिरमा निस्किने गरेको पाइएको छ।
राष्ट्रिय संघीय परिभाषाअनुसारका उद्देश्य बोकेर घर बाहिर एकैदिन वा रात बिताउनेगरी घुम्न निस्किने ५२ प्रतिशत घरपरिवार रहेका छन्।
यसरी घुम्न जानेहरूले वर्षमा ४ खर्ब ५९ अर्ब ५ करोड रुपैयाँ खर्चिने गरेका छन्। औषधि उपचार, बिदा मनाउने तथा घुमफिर, किनमेल, तीर्थाटन जस्ता गतिविधिमा नेपालीको घुमफिर हुन्छ।