काठमाडौं- साताको चौथो कारोबार दिन आज बिहीबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ८.७८ अंकले बढेर २६६१.७१ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से ४४.५९ अंकले बढेर बन्द भएको थियो।
आज नेप्सेमा १ सय ८ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी १ सय ५७ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ५९ कम्पनीको ८९ लाख ६४ हजार २ सय २३ कित्ता सेयर ४३ हजार १ सय ३१ पटक किनबेच भएको छ।
४ अर्ब ११ करोड ७७ लाख ८५ हजार ७ सय रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४ सय १० रुपैयाँको कारोबार भएको थियो।
आज स्नो रिभर्स लिमिटेड, कालंगा हाइड्रो लिमिटेड, सानीगाड हाइड्रो लिमिटेड र अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ। १०% एनआइसी एशिया डिबेन्चर २०८५/८६ को सेयरमूल्य १०.६० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंक लिमिटेडको ४१ करोड ३२ लाख रुपैयाँ र १०% एनआइसी एशिया डिबेन्चर २०८५/८६ को ४० करोड ७७ लाख रुपैयाँ बराबरको ऋणपत्र कारोबार भएको छ।
आजको कारोबारमा १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ। ८ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ उपसमूहको परिसूचक सबैभन्दा धेरै २.०४ प्रतिशतले बढेको छ।
त्यस्तै फाइनान्स ०.२८, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.०५ प्रतिशत बढे । विकास बैंक ०.११, होटल तथा पर्यटन ०.१३, जलविद्युत् ०.२६, लगानी ०.०३, उत्पादन तथा प्रशोधन ०.८६, निर्जीवन बीमा ०.३४, अन्य ०.२० तथा व्यापार ०.५० प्रतिशत घटेको छ।