बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

रासायनिक मल वितरणमा अनियमितता रोक्न मन्त्रीबाटै निगरानी

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार १८ २०८३
रासायनिक मल वितरणमा अनियमितता रोक्न मन्त्रीबाटै निगरानी

त्यहाँ प्राप्त सूचनाका आधारमा स्थानीय प्रशासनले छापा मार्दा रासायनिक मल वितरणमा अनियमितता भएको तथ्य समेत फेला परेको छ। सोही गुनासोका आधारमा गुल्मीको कालीगण्डकी गाउँपालिकामा रासायनिक मल वितरणमा अनियमितता भएको आशंका गरिएको छ।

काठमाडौं- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक मल वितरणमा हुन सक्ने अनियमितता रोक्न सञ्चालनमा ल्याएको हटलाइनमा पछिल्लो समय गुनासो आउने क्रम बढेको छ।

त्यहाँ प्राप्त सूचनाका आधारमा स्थानीय प्रशासनले छापा मार्दा रासायनिक मल वितरणमा अनियमितता भएको तथ्य समेत फेला परेको छ। सोही गुनासोका आधारमा गुल्मीको कालीगण्डकी गाउँपालिकामा रासायनिक मल वितरणमा अनियमितता भएको आशंका गरिएको छ। 

जिल्लास्थित नवप्रगतिशील कृषि सहकारी संस्थाका सचिव प्रेमनारायण पाण्डेले सरकारको अनुदान रासायनिक मल सहकारीमार्फत नभई निजी पसलले बढी मूल्यमा बिक्री गरेको पाइएको छ। 

मन्त्री चौधरीका अनुसार सहकारीले कृषि सामग्री कम्पनी लिमिटेड, भैरहवाबाट असार १५ गते भएको सम्झौताअनुसार ५ सय ३५ बोरा युरिया र १ सय ७१ बोरा डीएपी मल ल्याइ सहकारी कार्यालयबाट बेचविखान गर्न पर्नेमा निजी पसलबाट भएको पाइएको छ। 

कालीगण्डकी गाउँपालिका-१ हर्मिचौरमा नीलकण्ठ पाण्डेको पसल, कालिगण्डकी गाउँपालिकामा वडा नं २ अर्बेनीमा कमलप्रसाद न्यौपाने र उमापति न्यौपानेका किराना पसल तथा कालिगण्डकी गाउँपालिकामा वडा नं ४ मा निरमाया बुढाले सञ्चालन गरेको स्टेशनरी पसल अगाडि मल बिक्री गरिएको पाइएको नेपाल प्रहरीले जनाएको छ। 

मल बिक्री वितरण गर्दा उपभोक्तालाई रसिद नदिएको तथा खरिदकर्ताको अभिलेखसमेत नराखेको पाइएको प्रहरीको भनाइ छ।रासस

प्रकाशित : बिहीबार , असार १८ २०८३१४:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend