बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

बाढीपीडित भोजपुरका किसानलाई पाइप वितरण

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १७ २०८३
बाढीपीडित भोजपुरका किसानलाई पाइप वितरण

बाढीका कारण बोखिम क्षेत्रका करिब ६० देखि ७० वटा कुलो मुहानमा क्षति पुगेको वडाले जनाएको छ। कुलो भत्किँदा खेतसम्म पानी पुर्याउन समस्या हुँदा किसान खेतीपाती गर्न निकै कठिन अवस्थामा पुगेका थिए। विशेषगरी रोपाइँका लागि सिँचाइ अभावले उत्पादनमा प्रत्यक्ष असर पर्ने देखिएको थियो।

भोजपुर- भोजपुर नगरपालिका-५ बोखिममा बाढीबाट प्रभावित किसानलाई लक्षित गर्दै  सिँचाइ पाइप वितरण गरिएको छ। 

गत बैशाख १२ गते आएको अविरल वर्षापछिको बाढीले यहाँका विभिन्न सिँचाइ कुलोमा क्षति पुर्याएपछि समस्या भोगिरहेका किसानलाई राहत उपलब्ध गराउने उद्देश्यले वडाले निःशुल्क पाइप वितरण गरेको हो।

बाढीका कारण बोखिम क्षेत्रका करिब ६० देखि ७० वटा कुलो मुहानमा क्षति पुगेको वडाले जनाएको छ। कुलो भत्किँदा खेतसम्म पानी पुर्याउन समस्या हुँदा किसान खेतीपाती गर्न निकै कठिन अवस्थामा पुगेका थिए। विशेषगरी रोपाइँका लागि सिँचाइ अभावले उत्पादनमा प्रत्यक्ष असर पर्ने देखिएको थियो।

यस अवस्थालाई मध्यनजर गर्दै वडा कार्यालयले तत्काल पहल गर्दै करिब  तीन लाख ५० हजार रुपैयाँबराबरको सिँचाइ पाइप खरिद गरी प्रभावित किसानलाई वितरण गरेको वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए। उनका अनुसार वितरण गरिएको पाइपले अस्थायी रूपमा भए पनि कुलो सञ्चालनमा ल्याउन सहयोग पुग्नेछ।

बाढीबाट पुगेको क्षतिको यथार्थ विवरण संकलल गर्न वडाले स्थानीयस्तरमै अनुगमन समिति गठन गरेको थियो। उक्त समितिले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनका आधारमा वास्तविक पीडित किसान पहिचान गर्दै पाइप वितरण गरिएको वडाध्यक्ष प्रधानले बताए। यसले वितरण प्रक्रियालाई पारदर्शी र लक्षित बनाउन सहयोग पुगेको उनको भनाइ छ।

स्थानीय किसान दीपक दङ्गालले बाढीका कारण कुलो पूर्ण रूपमा बगाउँदा सिँचाइका लागि निकै समस्या भएको बताए। 

स्थानीय तहको यो पहलले बाढीपछि उत्पन्न समस्या समाधानमा महत्त्वपूर्ण भूमिका खेलेको स्थानीयवासीको भनाइ छ। दीर्घकालीन रूपमा भने स्थायी संरचना निर्माण गरी सिँचाइ प्रणाली मजबुत बनाउन आवश्यक रहेको उनीहरूको सुझाव छ। वडाले आगामी दिनमा पनि विपद् व्यवस्थापन तथा पूर्वतयारीका कार्यक्रमलाई प्राथमिकतामा राख्दै किसानमैत्री योजना सञ्चालन गर्ने जनाएको छ।रासस


प्रकाशित : बुधबार, असार १७ २०८३१३:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend