काठमाडौं- एलजीले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी विकास गरिएको नयाँ घरेलु उपकरण श्रृंखला ‘एलजी इसेन्सियल सिरिज‘सार्वजनिक गरेको छ।
इटहरीस्थित रामदा होटलमा आयोजित विशेष कार्यक्रमका बीच उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो।
‘हरेक घरको खुशी, घर-घरमा एलजी’ अभियानअन्तर्गत सार्वजनिक गरिएको यस इसेन्सियल सिरिजले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटेको छ। नेपाली परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनहरूले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने एलजीको विश्वास रहेको छ। नयाँ श्रृंखलामा नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल-डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप-लोड वासिङ मेसिन तथा रूम एयर कन्डिसनर समावेश गरिएका छन्।
यस श्रृंखलाअन्तर्गतको एलजी इसेन्सियल सिरिज डबल-डोर रेफ्रिजेरेटर मा फ्रस्ट-फ्री प्रविधि राखिएको छ, जसले म्यानुअल डिफ्रोस्टिङको झन्झटलाई पूर्ण रूपमा हटाउँछ। यसमा उपलब्ध 'स्मार्ट मोड' (Smart Mode) सुविधाले मौसमअनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्छ भने अघिल्ला मोडेलहरूको तुलनामा यसमा २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमता रहेको छ। जसले नेपाली परिवारहरूको आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्दछ।
त्यस्तै, नेपालका विविध वातावरणीय अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको एलजी इसेन्सियल सिरिज फुल्ली अटोमेटिक टप-लोड वासिङ मेसिनमा प्रोशिल्ड मोटर (बीएमसी कभरतथा आईपीएक्स४ प्रमाणित वाटर-रेसिस्टेन्ट कन्ट्रोल प्यानल जस्ता सुविधाहरू समावेश छन्। यसमा प्रयोग गरिएको लो-प्रेशर फिल टेक्नोलोजी ले कम पानीको चाप भएको अवस्थामा पनि प्रभावकारी धुलाई सुनिश्चित गर्छ।
यसैगरी, ऊर्जा-दक्ष प्रविधिसहितको एलजी इसेन्सियल सिरिज रूम एयर कन्डिसनरले उपभोक्तालाई प्रभावकारी कुलिङ तथा हिटिङ सुविधा प्रदान गर्दछ। परम्परागत नन-इन्भर्टर एयर कन्डिसनर को तुलनामा निकै कम विद्युत् खपत गर्ने यस उत्पादनमा वातावरणमैत्री आर३२ रेफ्रिजेरन्ट प्रयोग गरिएको छ भने यसको न्यून ध्वनि सञ्चालनले प्रयोगकर्तालाई थप आरामदायी र शान्त अनुभव प्रदान गर्दछ।
कम्पनीका अनुसार एलजी इसेन्सियल सिरिजको बिक्री वितरण नेपालभर जुन २०२६ देखि सुरु भइसकेको छ र यसका प्रारम्भिक मोडेलहरूको मूल्य करिब ४९ हजार ६ सय ९० बाट सुरु हुनेछ। यी उत्पादनहरू देशभरका आधिकारिक एलजी ब्रान्ड शप मल्टि-ब्रान्ड रिटेल आउटलेट तथा प्रमुख ई-कमर्स प्लेटफर्म मार्फत सहजै उपलब्ध हुनेछन्।
सीजी कर्प ग्लोबल अन्तर्गत रहेको सीजी इलेक्ट्रोनिक्स नेपालमा एलजी उत्पादनहरूको एकमात्र आधिकारिक वितरक हो। एलजी इलेक्ट्रोनिक्स सिंगापुरसँगको चार दशकभन्दा लामो सहकार्यमार्फत कम्पनीले एलजीलाई नेपालको अग्रणी तथा विश्वासिलो उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। एलजी इलेक्ट्रोनिक्स इन्क घरेलु उपकरण, उपभोक्ता इलेक्ट्रोनिक्स तथा एयर सोलुसन क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनीका रूपमा स्थापित छ, जसले नवीन प्रविधि र ग्राहक केन्द्रित डिजाइनका माध्यमबाट विश्वभरका उपभोक्ताहरूको दैनिक जीवनलाई सहज र समृद्ध बनाउँदै आएको छ।