मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

सुनको मूल्य ४ हजार ५ सय रुपैयाँले घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार १६ २०८३
सुनको मूल्य ४ हजार ५ सय रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ७७ हजार ९सय रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ८२ हजार ४ रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

आज सुनको मूल्य तोलामा ४ हजार ५ सय रुपैयाँ र चाँदीको मूल्य २५ रुपैयाँले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ७७ हजार ९सय रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ८२ हजार ४ रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर ४ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन ४ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो। 

नेपाली बजारमा २०८२ माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ थियो।


प्रकाशित : मंगलबार, असार १६ २०८३११:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend