मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

घोडेपानी-पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार १६ २०८३
घोडेपानी-पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

तीन लाख रुपैयाँ बजेटबाट तल्लो घोडेपानीमा बसपार्क निर्माण भएको छ। समुदायको अगुवाइमा यसै वर्ष घोडेपानी हुँदै कास्कीको उल्लेरी सडक सञ्जालमा जोडिएको थियो।

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार भएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ मा अन्नपूूर्ण गाउँपालिकाले विनियोजन गरेको २७ लाख र गण्डकी प्रदेश सरकारको पाँच लाख रुपैयाँ बजेटबाट साइकल मार्ग, पदमार्ग, सार्वजनिक शौचालय, बसपार्क निर्माण भएको हो।

अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काले पुनहिल-घोडेपानी क्षेत्रको पर्यटन पूर्वाधार विस्तारका लागि बजेट बिनियोजन भएका सबै योजना कार्यान्वयन भएका जानकारी दिए।

'घोडेपानी र पुनहिल घुम्न आउने पर्यटकको बसाई लम्बाउने उद्देश्यले सहायक गन्तव्यको पहिचान र पूर्वाधार विस्तारको कामलाई निरन्तरता दिएका छौँ', उनले भने, 'विस्तार भएका पूर्वाधारले पर्यटकलाई सहज हुनेछ।'

अन्नपूूर्ण गाउँपालिकाले चालुु आव २०८२/०८३ मा विनियोजन गरेको ६ लाख बजेटबाट पुनहिलदेखि लुङलुङ सिद्ध, लालीगुराँसपार्क हुँदै घोडेपानीको फलेघर जोड्ने चार किलोमिटर साइकल मार्ग निर्माण भएको छ।

समुुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलदेखि हिमाल हेर्दै गुुराँसे जङ्गलभित्र साइकलमा साहासिक र रोमाञ्चक यात्रा गर्न पाइन्छ। गाउँपालिकाको रु १४ लाख बजेटबाट लालीगुराँस पार्क जोड्ने पदमार्ग, प्रवेशद्वार र सार्वजनिक शौचालय निर्माण भएको छ।

उपभोक्ता समितिका अध्यक्ष रनबहादुर पुनले पदमार्गको हिलो हुने ठाउँमा करिब ३०० मिटर ढलान गरेर पक्की पदमार्ग बनाइएको बताए। यसैगरी चार लाख बजेटबाट देउराली डाडाँमा ४० मिटर ढुंगा बिछ्याएर पदमार्ग बनाइएको छ। तीन लाख रुपैयाँ बजेटबाट तल्लो घोडेपानीमा बसपार्क निर्माण भएको छ। समुदायको अगुवाइमा यसै वर्ष घोडेपानी हुँदै कास्कीको उल्लेरी सडक सञ्जालमा जोडिएको थियो।

गण्डकी प्रदेश सरकारले विनियोजन गरेको पाँच लाख बजेटबाट घोडेपानीदेखि घान्द्रुक जाने पदमार्ग निर्माण योजना पनि सम्पन्न भएको वडाध्यक्ष खड्काले जानकारी दिए। गण्डकी प्रदेश सरकारको तीन करोड बजेटबाट चित्रेदेखि घोडेपानी जोड्ने चार किलोमिटर सडक ग्राभेल गर्ने योजना निर्माणाधिन छ।

घोडेपानी र पुनहिल क्षेत्रलाई केन्द्रित गरेर यसअघि लालीगुुराँस पार्क, पेरीभारानी ताल जोड्ने घोडा मार्ग सञ्चालन गरिएको थियो।

सडकका कारण पुराना पदमार्ग विस्थापित भएको अवस्थामा पर्यटकको बसाई लम्बाउनका लागि पर्यटकको चाहनाअनुसार राम्चे-काफलडाँडा, हिस्तान टिकोट, शिख, खिवाङ जोड्ने साइकलमार्गको पनि सम्भाव्यता अध्ययन गरिएको अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका घोडेपानीका बासिन्दा डमबहादुर पुनले बताए।

घोडेपानीदेखि ४५ मिनेट उकालोमा पदयात्रा गरेपछि पुुगिने पुुनहिलबाट गुर्जा, पुथा, मानापाथी, नीलगिरि, अन्नपूूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको दृष्यावलोकन गर्न सकिन्छ। घोडेपानी-पुुनहिल विश्व प्रसिद्ध अन्नपूूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य हो।


प्रकाशित : मंगलबार, असार १६ २०८३१०:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend