सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

चितवनमा धानखेती हुने क्षेत्रफल बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार १५ २०८३
चितवनमा धानखेती हुने क्षेत्रफल बढ्यो

धानखेती हुने २७ हजार ३२५ हेक्टर क्षेत्रफलमध्ये सो क्षेत्र धान जोनले लिएको हो। गत वर्ष सो क्षत्रेफलमा लगाइने धानखेतीबाट एक लाख १३ हजार ८३७ मेट्रिक टन धान उत्पादन भएको थियो।

चितवन- चितवनमा धान ‘जोन’को क्षेत्रफल बढेको छ।

राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्यन एकाइ चितवनका अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालु आवमा धानखेती गर्ने क्षेत्रफल बढेको हो।

एकाइ प्रमुख महेश रेग्मीका अनुसार गत आवको तुलनामा यस आवमा जोन क्षेत्रमा धानखेती गर्ने क्षेत्रफल ४५० हेक्टर बढेर आठ हजार ९०० हेक्टर क्षेत्रफल पुगेको छ। जिल्लाका चार पालिकामा धान जोन कार्यक्रम लागु गरिएको छ।

जिल्लामा धानखेती हुने २७ हजार ३२५ हेक्टर क्षेत्रफलमध्ये सो क्षेत्र धान जोनले लिएको हो। गत वर्ष सो क्षत्रेफलमा लगाइने धानखेतीबाट एक लाख १३ हजार ८३७ मेट्रिक टन धान उत्पादन भएको थियो।

कार्यालयले धान जोनका लागि ११ वटा धान रोप्ने मेसिन प्रदान गरेको छ। कृषि विकास कार्यालय चितवनका अनुसार जिल्लामा हाल पाँचदेखि सात प्रतिशत धान रोपाइँ भएको छ।

कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार गत वर्ष यो समयमा १० देखि १५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको थियो।

धान रोप्न पुग्ने गरी वर्षा नहुँदा गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ कम भएको उनले बताए। धेरै क्षेत्रफलमा धान रोपाइँको तयारी गरिएको भन्दै उनले अब चाँडै किसना धान रोप्न लाग्ने बताए। रासस


प्रकाशित : सोमबार, असार १५ २०८३१२:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend