आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक पारित

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार १४ २०८३
प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक पारित

विधेयकमाथिको दफावार छलफमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले ऋण लिएर उत्पादनमूलक आयोजनामा खर्च गरिने बताए।

काठमाडौं- प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३  र आर्थिक विधेयक, २०८३ पारित भएको छ।

सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको सो ‘विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो।

विधेयकमाथिको दफावार छलफमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले ऋण लिएर उत्पादनमूलक आयोजनामा खर्च गरिने बताए।

'विदेशी ऋण पूर्वाधार आयोजनाका लागि तोकिएर आउँछन्, ती आयोजनाले अर्थतन्त्रका गतिविधिलाई चुस्त बनाउने, दूरी छोट्याउने र लागत घटाउने काम गरेको हुन्छन्' उनले भने, 'तर, ऋण लिएर निर्माण गरिएको दुई वटा अन्तरराष्ट्रिय विमानस्थलको अवस्थाले फरक परिदृश्य देखाएको छ, हामीले निगरानी गर्नै पर्छ।'

प्रकाशित : आइतबार, असार १४ २०८३१५:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend