आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्नेछ : अर्थमन्त्री वाग्ले

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार १४ २०८३
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्नेछ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री वाग्लेले आफूले अर्थमन्त्री हुनेवित्तिकै इन्धनको मूल्य घटाउनका लागि पहल गरेको दाबीसमेत गरे।

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मध्यपूर्व द्वन्द्वका कारण बढेको डिजेल, पट्रोललगायतका इन्धनको मूल्य घट्न केही समय लाग्ने बताएका छन्। 

आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने अन्तर्राष्ट्रिय बजारमा उक्त वस्तुको मल्य घटेको भएपनि नेपालमा भारतीय आयल निगममार्फत उक्त इन्धन आउन बाँकी रहेकाले हालसम्म त्यसको मूल्य घटाउने अवस्था नरहेको जिकिर गरे।

केही समय लागेपनि पेट्रोलियम पदार्थको मूल्य अब घट्ने अवस्थामा रहेको अर्थमन्त्री वाग्लेको भनाइ थियो।

‘मध्यपूर्वमा जुन समस्या देखियो। यसका कारण यो इन्धनमा भएको मूल्यवृद्धिबाट आम उपभाक्तालाई परेको भार घटाउन अर्थमन्त्री भएको दुई हप्ताभित्रै यो डिजेल, पेट्रोल र मट्टीतेल पैठारीमा लाग्ने भन्सार महसुल र डिजेल तथा पेट्रोलमा लाग्ने पूर्वाधार विकास करको ५० प्रतिशत छुट हामीले दियौँ। अहिले मध्यपूर्वको अवस्था सहज हुँदै गयो। अब टाइम ल्याक त हुन्छ। क्रुड प्राइस त घटि नै सक्यो तर त्यो प्रोसेस इन्धन हुँदै भारतीय आयल निगममार्फत हामीेले जुन आयात गर्ने गरेका छौँ त्यो एडजेष्ट भएर नेपालमा आउन केही समय लाग्ला। तर मूल्य अब घटनेवाला छ’ उनले भने।

अर्थमन्त्री वाग्लेले आफूले अर्थमन्त्री हुनेवित्तिकै इन्धनको मूल्य घटाउनका लागि पहल गरेको दाबीसमेत गरे।


प्रकाशित : आइतबार, असार १४ २०८३१५:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend