आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

घरपझोङद्वरा किसानलाई अनुदानमा याक वितरण

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार १४ २०८३
घरपझोङद्वरा किसानलाई अनुदानमा याक वितरण

लाभग्राही पशुपालक व्यवसायी र गाउँपालिकाअन्तर्गत सङ्घीय ससर्त अनुदानमा ५०-५० प्रतिशत लागत साझेदारी रहनेगरी याक र नाक पालन गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदानमा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए। उजका अनुसार पालिकाको  सात लाख ५० हजार रुपैयाँ र पशुपालक किसानको  सात लाख ५० हजार रुपैयाँ लागतमा याक खरिद गरी वितरण गरिएको छ।

मुस्ताङ- मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक र नाक वितरण गरेको छ।  

‘हिमाली याकनाक प्रवर्द्धन’ कार्यक्रमअन्तर्गत गाउँपालिकाले पशुपालक किसानलाई अनुदानमा याकनाक वितरण गरेको हो।

लाभग्राही पशुपालक व्यवसायी र गाउँपालिकाअन्तर्गत सङ्घीय ससर्त अनुदानमा ५०-५० प्रतिशत लागत साझेदारी रहनेगरी याक र नाक पालन गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदानमा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए। उजका अनुसार पालिकाको  सात लाख ५० हजार रुपैयाँ र पशुपालक किसानको  सात लाख ५० हजार रुपैयाँ लागतमा याक खरिद गरी वितरण गरिएको छ।
 
शनिबार जोमसोमका किसान पेम्बा गुरुङले अनुदान सहुलियतमा याक र नाक खरिद गरी ल्याएका छन् । गाउँपालिकाले अनुदानमा वितरण गरेको याक र नाक तथा बाछाबाछी मनाङबाट खरिद गरिएको अध्यक्ष लालचनले जानकारी दिए। उनका अनुसार गाउँपालिकाद्वारा उपलब्ध बजेट दायराभन्दा थप आठ लाख रुपैयाँ मूल्य बराबरका याक र नाक किसान पेम्बा गुरुङले खरिद गरी मुस्ताङ ल्याएका हुन्।

किसानले ५६ वटाभन्दा बढी याक र नाकसहित बाछाबाछी यहाँ पुर्‍याएका हुन्। गाउँपालिकाका अध्यक्ष लालचनले थोरै सङ्ख्यामा रहेका याक र नाक धेरै जनालाई अनुदानमा वितरण गर्दा लक्ष्यअनुसार याक प्रवर्द्धन गर्न अप्ठ्यारो पर्ने भएकाले छनोट समितिको मापदण्डभित्र रहेर एक जना किसानलाई अनुदानका याकनाक वितरण गरिएको उल्लेख गरे।

गाउँपालिकाका पशु शाखा अधिकृत आइत थकालीका अनुसार गाउँपालिकाद्वारा अनुदानमा वितरण गरिएका याक र नाक पाँच वर्षसम्म बिक्री गर्न नपाइने सम्झौता गरिएको बताउनुभयो । यो व्यवसाय मात्र नभई हिमाली क्षेत्रको मौलिक संस्कृति भएकाले जैविक विविधता र पारिस्थितिक प्रणालीमा योगदान पु¥याउने उद्देश्यले गाउँपालिकाद्वारा याक र नाक वितरण गरिएको उनको भनाइ छ।

यसअघि घरपझोङ गाउँपालिकाले उक्त कार्यक्रमअन्तर्गत किसानलाई अनुदानमा याक र नाक वितरण गर्न ३५ दिने सूचना प्रकाशित गरेको थियो । गाउँपालिकाले प्रकाशित गरेको सूचनाअनुसार केही किसानले अनुदानका लागि निवेदन पेस गरेका थिए। 

पशु शाखा अधिकृत थकालीका अनुसार जिल्लाको दररेटअनुसार मूल्य निर्धारण गरी रु १५ लाख मूल्यमा याक र नाक खरिद गरी ५० प्रतिशत अनुदान सहुलियतमा प्रदान गरिएको जानकारी दिए। जिल्लाको ङिस्याङ गाउँपालिकास्थित याकखर्कबाट ३८ चाैँरी, तीन भाले याक र १५ वटा बाछाबाछी खरिद गरी जोमसोम ल्याइएको किसान गुरुङले जानकारी दिए। गाउँपालिकाको अनुदानमा ३८ र १८ वटा व्यक्तिगत लगानीमा खरिद गरिएको उनले बताए।

गाउँपालिकाले आफूलाई विश्वास गरेर याक र नाक पालन गर्न अनुदान सहुलियत प्रदान गरेकामा खुसी व्यक्त गर्दै गुरुङले व्यावसायिक रूपमा याक र नाक पालन गरी प्रवर्द्धनमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाए।

शनिबार यहाँ आयोजित एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लालचन, कार्यपालिका सदस्य भिषण थकाली र पशु शाखा अधिकृत थकालीले संयुक्त रूपमा ती याक र नाक लाभग्राही किसानलाई हस्तान्तरण गरे। ती याक र नाकको बिमा पनि गरिएको गाउँपालिका कार्यालयले जनाएको छ। रासस

 


प्रकाशित : आइतबार, असार १४ २०८३१०:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend