शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

गृहमन्त्रीलाई सांसदको प्रश्न - सुकुम्बासीको खानामा किरा भेटियो, सरकारलाई के कारबाही गर्नुहुन्छ?

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १२ २०८३
गृहमन्त्रीलाई सांसदको प्रश्न - सुकुम्बासीको खानामा किरा भेटियो, सरकारलाई के कारबाही गर्नुहुन्छ?

सांसद चन्दले आफूहरू सबै समस्या समाधान गर्ने भन्दै आएको सरकारले अहिले सुकुम्बासीको मानवअधिकार नै हनन गरिरहेको आरोप पनि लगाइन्।

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रेनु चन्दले सुकुम्बासीको खानामा किरा भेटियो, सरकारलाई के कारबाही गर्नुहुन्छ भन्दै गृहमन्त्री सुधन गुरुङलाई प्रश्न गरेकी छिन्।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद चन्दले गृहमन्त्रीले खान लागेको अमलेटमा माछाको काँडा भेटिएको घटनामा तीन लाख रुपैयाँ जरिवाना गरिएको प्रसंग उल्लेख गर्दै सुकुम्बासीको खानामा किरा भेटिँदा सरकारलाई कति जरिवाना गर्नुहुन्छ भन्दै प्रश्न गरेकी हुन्।

‘मन्त्रीले खान लागेको अमलेटमा काँडा भेटियो, तीन लाख जरिवाना लाउनुभयो। ठीक गर्नुभयो। सुकुम्बासीको खानामा किरा भेटियो सरकारलाई कति जरिवाना लाउँदै हुनुहुन्छ? अथवा सरकारलाई के कारबाही गर्दै हुनुहुन्छ?' उनले भनिन्।

उनले सरकारले सुकुम्बासीमाथि अन्यायपूर्ण व्यवहार गरेको आरोप पनि लगाइन्। उनले सुकुम्बासीलाई व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएर मत माग्ने तर सत्तामा पुगेपछि उठिवास लगाउने काम भइरहेको आरोप लगाउँदै अहिले सरकारले होल्डिङ सेन्टरबाट समेत सुकुम्बासीलाई हटाउने कार्य गरिरहेको बताइन्।

'सुकुम्बासीलाई व्यवस्थापन गर्छौँ भनेर भोट माग्ने अनि कुर्सीमा पुगेपछि उठिबास लगाउने, यही हो जान्नेलाई छान्ने भनेको? अहिले सुकुम्बासीलाई सरकारले होल्डिङ सेन्टरबाट लखेट्ने काम गर्दैछ। हामी नयाँ हौँ, हर समस्याको समाधान गर्ने जादुयी क्षमाता बोकेर आएका छौँ भन्ने अनि सुकुम्बासीको मानव अधिकार हनन् गर्ने ? यो सरकारमा वैचारिक स्पष्टता छैन’ उनले भनिन्।

सांसद चन्दले आफूहरू सबै समस्या समाधान गर्ने भन्दै आएको सरकारले अहिले सुकुम्बासीको मानवअधिकार नै हनन गरिरहेको आरोप पनि लगाइन्।


प्रकाशित : शुक्रबार, असार १२ २०८३१४:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend