बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

वीरगञ्ज भन्सारबाट ११ महिनामा २ खर्ब २१ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ११ २०८३
वीरगञ्ज भन्सारबाट ११ महिनामा २ खर्ब २१ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन

चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै आठ खर्ब ९० अर्ब सात करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको छ।

वीरगञ्ज- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा २ खर्ब २१ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

कार्यालयले चालु आवमा रु दुई खर्ब ४९ अर्ब १९ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर,सो अवधिमा भने लक्ष्यको ८९ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको ११ महिनामा राजस्व संकलन उत्साहजनक भएको बताए।

'कार्यालयले गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको ११ महिनाको अवधिमा नौ प्रतिशत बढी अर्थात १७ अर्ब ९७ करोड राजस्व संकलन भएको छ’, उनले भने। कार्यालयले गत आवको ११ महिनामा भने दुई खर्ब तीन अर्ब ८१ करोड राजस्व संकलन गरेको थियो।

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। कार्यालयले चालु आवको साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७४ करोड, असोजमा १९ अर्ब नौ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड, मङ्सिरमा २० अर्ब ८० करोड राजस्व संकलन गरेको थियो।

पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड र चैतमा २२ अर्ब ८२ करोड राजस्व संकलन गरेको छ।

कार्यालयले बैशाखमा २१ अर्ब ७४ करोड राजस्व संकलन गरेको छ। जेठ महिनामा २२ अर्ब ३२ करोड राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै आठ खर्ब ९० अर्ब सात करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको छ।

गत आवको ११ महिनाको अवधिमा भने सात खर्ब ७० अर्ब मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो। चालु आवको ११ महिनामा यो नाका हुँदै ९९ अर्ब ६६ करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशीमुलुक निर्यात भएको छ। गत आवको ११ महिनामा भने ९६ अर्ब ७२ करोड मूल्य पर्ने वस्तु तथा सामान निर्यात भएको थियो। रासस


प्रकाशित : बिहीबार , असार ११ २०८३१२:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend