काठमाडौं- स्थानीय बजारमा आज बिहीबार सुनचाँदी दुवैको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ हजार २ सय र चाँदी २ सय ५० रुपैयाँले घटेको हो।
आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३ सय र चाँदी ४ हजार २ सय ३५ रुपैयाँ निर्धारण भएको छ।
बुधबार एक तोला सुनको मूल्य २ लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो। एक तोला चाँदीको मूल्य ४ हजार ४ सय ८५ मा कारोबार भएको थियो।
मंगलबार एक तोला सुन २ लाख ८७ हजार १ सय र त्यति नै परिमाणको चाँदी ४ हजार ५ सय ९० रुपैयाँमा खरिद बिक्री भएको थियो।
अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ९ सय ९९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ।