काठमाडौं- निर्जीवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा ४४ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकहरुले जेठ मसान्तसम्म २६ लाख ५१ हजार १० पोलिसि जारी गरेको छ।
त्यसैगरी जेठ महिनामा मात्रै निर्जीवन बीमकहरुले २ लाख ३९ हजार ३ सय ४८ बीमा पोलिसि जारी गरेका छन्। ४ अर्ब ९ करोड ६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।
सबैभन्दा धेरै शीखर इन्स्योरेन्सले जेठ मसान्तसम्म ५ अर्ब ६२ करोड ६३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।त्यसैगरि दोस्रेमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ अर्ब ७७ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। तेस्रोमा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले ले ४ अर्ब ७६ करोड ८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।
त्यसैगरी जेठ मसान्तसम्म सबैभन्दा कम बीमा शुल्क संकलन गर्ने कम्पनीमा नेशनल इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले जेठ मसान्तजम्मा १ करोड १९ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।