काठमाडौं- सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजको आईपीओ बाँडफाँट भएको छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट गरिएको हो।
सर्वोत्तम पेन्ट्सले गत जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १सय रुपैयाँ अंकित मूल्यका कुल ७ लाख ५ हजार ५०० कित्ता सेयर निष्कासन गरेको थियो। सो निष्कासनमा कुल २८ लाख ९४ हजार २ सय ३२ आवेदकबाट ३ करोड १० लाख ३३ हजार १८० कित्ता सेयरका लागि आवेदन परेको थियो। जसमध्ये २८ लाख ५० हजार २५ आवेदन स्वीकृत भएको छ भने ४४ हजार २ सय ७ आवेदन रद्द भएको छ।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार ७० हजार ५५० जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको वेबसाइटका साथै सीडीएससीको मेरो सेयर मार्फत् हेर्न सक्नेछन्।