बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

आगामी आर्थिक वर्षका लागि ललितपुर महानगरपालिकाको बजेट ७ अर्ब ४८ करोड रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १० २०८३
आगामी आर्थिक वर्षका लागि ललितपुर महानगरपालिकाको बजेट ७ अर्ब ४८ करोड रुपैयाँ

पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार विनियोजन गरिएको छ। जुन चालु आर्थिक वर्षको भन्दा ६ प्रतिशतले कम रहेको छ।

काठमाडौं- ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट ल्याएको छ।

बुधबार आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै उक्त महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले चालु आर्थिक वर्षको हाराहारीमा नै बजेट ल्याइएको जानकारी गराएकी हुन्।

त्यसैगरी बजेटमा चालु खर्चका लागि ३ अर्ब २५ करोड १८ लाख ५३ हजार विनियोजन गरिएको छ।

बजेटलाई मितव्ययी, पारदर्शी, औचित्यपूर्ण रुपमा खर्च हुने गरी चालु खर्चको व्यवस्था गरिएको पनि उपमेयर बज्राचार्यले स्पष्ट पारिन्।

चालु खर्च कर्मचारीको तलवलगायत वृद्धि भएका कारण बढन सक्ने उपमहानगरपालिकाको प्रक्षेपण छ।

त्यसैगरी पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार विनियोजन गरिएको छ। जुन चालु आर्थिक वर्षको भन्दा ६ प्रतिशतले कम रहेको छ।

बज्राचार्यका अनुसार वडास्तरीय कार्यक्रम र विषयगत क्षेत्रको कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको हो।

बजेट कार्यान्वयनका लागि मासिकरूपमा सम्बन्धित निकायसँग रिर्पोटिङको व्यवस्था गरिएको पनि उपमेयर बज्राचार्यले बताइन्।

त्यसैगरी बजेटमा निर्माणाधिन आयोजनाका लागि बजेटको सुनिश्चितता गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ।


प्रकाशित : बुधबार, असार १० २०८३१७:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend