बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

प्रेस सेन्टरले भन्यो - समाचार हटाउन लगाउने आदेश पूर्वनियन्त्रणको अभ्यासउन्मुख कदम

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १० २०८३
प्रेस सेन्टरले भन्यो - समाचार हटाउन लगाउने आदेश पूर्वनियन्त्रणको अभ्यासउन्मुख कदम

प्रेस सेन्टरले समाचार हटाउनुपर्ने अदालतको आदेशले संविधानद्वारा प्रत्याभूत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सुसूचित हुने अधिकारमाथि प्रत्यक्ष असर पर्ने बताएको छ।

काठमाडौं- प्रेस सेन्टर नेपालले बिजनेस न्युज डटकममा प्रकाशित समाचार हटाउन लगाउने काठमाडौं जिल्ला अदालतको अदेश पुनर्विचार गर्न आग्रह गरेको छ।

समाचार हटाउन तथा थप प्रसारण नगर्न अदालतले दिएको अन्तरिम आदेशप्रति आपत्ति जनाउँदै प्रेस सेन्टरले पुनर्विचार गर्न आग्रह गरेको हो।

विद्युतीय कार बीवाईडी बिक्रेता माइमेक्स इन्क प्रालिसम्बन्धी विभिन्न ६६ वटा समाचार हटाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो।

‘न्यायपालिकाको स्वतन्त्रता र गरिमाप्रति पूर्ण सम्मान व्यक्त गर्दै प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक तथा लोकतान्त्रिक मूल्यमान्यतालाई दृष्टिगत गरी सम्बन्धित आदेशमाथि पुनर्विचार गर्न आग्रह गर्दछु,’ प्रेस सेन्टरका महासचिव मनोज घर्तीमगरले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। प्रेस सेन्टरले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा अदालतबाटै हुने विश्वास व्यक्त समेत गरेको छ।

प्रेस सेन्टरले समाचार हटाउनुपर्ने अदालतको आदेशले संविधानद्वारा प्रत्याभूत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सुसूचित हुने अधिकारमाथि प्रत्यक्ष असर पर्ने बताएको छ।

प्रेस सेन्टरले यसलाई प्रेसमाथिको पूर्वनियन्त्रणको अभ्यासतर्फउन्मुख कदम भएको बताएको छ।

‘सबै समाचार डिलिट गर्नू’ भन्ने आदेशविरुद्ध बिजनेस न्युज माथिल्लो अदालत जाने ‘सबै समाचार डिलिट गर्नू’ भन्ने आदेशविरुद्ध बिजनेस न्युज माथिल्लो अदालत जाने


प्रकाशित : बुधबार, असार १० २०८३१७:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend