बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

डिभिजन वन कार्यालय जुम्लाद्वारा ११ महिनामा ६५ लाख रुपैयाँ राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १० २०८३
डिभिजन वन कार्यालय जुम्लाद्वारा ११ महिनामा ६५ लाख रुपैयाँ राजस्व संकलन

जुम्ला- डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११  महिनामा रु ६५ लाख ४१ हजार राजस्व संकलन गरेको छ।

जुम्ला- डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११  महिनामा ६५ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

कार्यालयले चालु आर्थिक वर्षमा राजस्व शीर्षकमध्ये वन क्षेत्रको रोयल्टीमार्फत र ९३ हजार ४ सय , बेरुजुबाट  चार लाख ७५ हजार ५ सय ८१, अन्य प्रशासनिक सेवाशुल्कबापत नौ हजार १ सय ७५ र अन्य आयमार्फत ५९ लाख ६३ हजार १ सय ५० रुपैयाँ राजस्व संकलन भएको वन अधिकृत तेजेन्द्र रावलले जानकारी दिए। कार्यालयले पछिल्लो समय वनको संरक्षण तथा वन अवरोध नियन्त्रणमा काम गर्दै आएको छ।

वन डढेलो नियन्त्रण नौ पटक, स्वचालित हाते आरा सूचीकृत एक वटा, फर्निचर उद्योग अनुगमन नियमन ३३ पटक र सामुदायिक वन कार्ययोजना नवीकरण सङ्ख्या १९ रहेको वन अधिकृत रावलले जानकारी दिए। 

सोही अवधिमा करिब जिल्लाबाट ३१ लाख एक हजार ८ सय १३ किलो जडीबुटी निकासी (छोडपुर्जी) भएको छ। जिल्लाभर पाँच हेक्टर वनक्षेत्रको अतिक्रमण रोकथाम गरिएको छ। जिल्लाका आठ स्थानीय तहमा ४६ वनको नयाँ कार्ययोजना बनाएर काम भइरहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी प्रकाश देवकोटाले जानकारी दिए।

जिल्लामा सामुदायिक वनको सङ्ख्या २सय६ वटा छन् । एक सय २७ कबुलियती र छ वटा निजी वन रहेका छन्। रासस 


प्रकाशित : बुधबार, असार १० २०८३१२:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend