काठमाडौं- नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ३ हजार ६ सय र चाँदी १ सय ५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय र चाँदीको मूल्य ४ हजार ४ सय ८५ रुपैयाँ निर्धारण भएको छ।
हिजो मंगलबार एक तोला सुन २ लाख ८७ हजार १ सय र एक तोला चाँदी ४ हजार ५ सय ९० रुपैयाँमा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन ४ हजार ६४ र चाँदी ६१ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।