मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ९ २०८३
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौं- हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ।

काठमाडौं- हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ।

आज सूचना तथा सञ्चार मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले आज यहाँ आयोजित एक कार्यक्रममा उक्त टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरिन्।

विसं २०१९ मा स्थापना भएको नेपालको पहिलो आधुनिक पुस्तकालयको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी शान्ति मिश्रको योगदानको स्मरणस्वरूप हुलाक टिकट प्रकाशन गरिएको हो।

कार्यक्रममा सचिव बस्नेतले विसं २०१६ मा स्थापना भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई आधुनिक स्वरूप दिन शान्ति मिश्रको लगन र मेहनत निर्णायक रहेको बताइन्। उनले महिलाको योगदानलाई सम्मान गर्दै हुलाक सेवा विभागले टिकट  प्रकाशन गरेकामा त्यसको सराहना गरिन्।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका अध्यक्ष सागरराज सुवेदीले वर्तमान केन्द्रीय पुस्तकालयको आधारशिला शान्ति मिश्रकै योगदानबाट स्थापित भएको बताए। हाल उक्त पुस्तकालयमा चार हजारभन्दा बढी पुस्तक रहेका र तिनको ई-लाइब्रेरीमा रूपान्तरण जारी रहेको जानकारी दिए।

विभागकी महानिर्देशक मनमाया भट्टराई पँगेनीले हुलाक टिकट केवल कागजको टुक्रा नभई ऐतिहासिक दस्तावेजको रूपमा संरक्षण हुने माध्यम भएको बताइन्। टिकटका माध्यमबाट  शान्ति मिश्रको योगदानको कदर भएको र त्यसले मुलुकको गौरवसँगै आधुनिक पुस्तकालयको प्रतिष्ठा  बढाएको उनले बताइन्। रासस


प्रकाशित : मंगलबार, असार ९ २०८३१६:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend