मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुन: सञ्चालनमा आउँदै

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ९ २०८३
बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुन: सञ्चालनमा आउँदै

गएको भदौमा जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको उक्त स्टोरको पुनर्निर्माण गरी सेवा सुरु गर्न लागिएको हो।

काठमाडौं- काठमाडौं बौद्धस्थित भाटभटेनी सुपरस्टोर यही असार १० गते बुधबारदेखि पुन: सञ्चालनमा आउने भएको छ। 

गएको भदौमा जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको उक्त स्टोरको पुनर्निर्माण गरी सेवा सुरु गर्न लागिएको हो। 

स्टोरले भोलिदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने ब्यहोरा भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए।

ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता रहेको उनले बताएका छन्। 

प्रकाशित : मंगलबार, असार ९ २०८३१५:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend