मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

बिजनेस न्युजका समाचार हटाउन जिल्ला अदालतले दिएको आदेशप्रति अनलाइन पत्रकार संघको ध्यानाकर्षण

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ९ २०८३
बिजनेस न्युजका समाचार हटाउन जिल्ला अदालतले दिएको आदेशप्रति अनलाइन पत्रकार संघको ध्यानाकर्षण

विज्ञप्तिमा अदालतले सम्बन्धित समाचारको सत्यता परीक्षण गरी समाचारमा समावेश तथ्य सही वा गलत भन्ने निष्कर्षमा नपुगी समाचार हटाउन आदेश दिएको भन्दै चिन्ता व्यक्त गरिएको छ।

काठमाडौं- अनलाइन पत्रकार संघले बिजनेस न्युज डटकममा प्रकाशित समाचार सामग्री हटाउन जिल्ला अदालत काठमाडौंले दिएको आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघका अध्यक्ष शिवप्रसाद सत्यालद्वारा जारी विज्ञप्तिमा अदालतले बिजनेस भेन्चर्स मिडिया प्रालिद्वारा सञ्चालित बिजनेस न्युज डटकममा प्रकाशित साइमेक्स इन्क प्रालिसम्बन्धी समाचार सामग्री हटाउन तथा थप प्रकाशन–प्रसारण नगर्न दिएको आदेशले पत्रकारिताको मूल मर्ममाथि असर पुर्‍याएको उल्लेख गरिएको छ।

जिल्ला अदालत काठमाडौंले मिति २०८३ जेठ २५ गतेको अन्तरकालीन आदेशलाई निरन्तरता दिँदै मुद्दाको अन्तिम टुंगो नलागेसम्म सम्बन्धित समाचार सामग्री प्रकाशन, प्रसारण तथा सम्प्रेषण नगर्न र प्रकाशित सामग्री अनलाइन माध्यमबाट तुरुन्त हटाउन आदेश दिएको थियो।

अनलाइन पत्रकार संघले पत्रकार आचारसंहिता, २०७३ मा अनलाइन सञ्चारमाध्यमबाट प्रकाशित समाचार सकेसम्म हटाउन नहुने व्यवस्था रहेको उल्लेख गर्दै अदालतको आदेशले उक्त व्यवस्थामाथि हस्तक्षेप गरेको जनाएको छ।

विज्ञप्तिमा अदालतले सम्बन्धित समाचारको सत्यता परीक्षण गरी समाचारमा समावेश तथ्य सही वा गलत भन्ने निष्कर्षमा नपुगी समाचार हटाउन आदेश दिएको भन्दै चिन्ता व्यक्त गरिएको छ।

समाचारको सत्यता अन्तिम फैसलाबाट मात्र स्थापित हुने विषय भएकाले प्रारम्भिक चरणमै समाचार हटाउन आदेश दिँदा पत्रकारिताको मूल मर्म प्रभावित हुने संघको ठहर छ।

संघले विगतमा पनि नेपालखबर डटकम र बिजमाण्डू डटकममा प्रकाशित समाचार हटाउन अदालतबाट अन्तरकालीन आदेश जारी भएको भए पनि पछि ती आदेशहरू खारेज भएको उदाहरण स्मरण गराएको छ।

अन्तरकालीन आदेशका आधारमा सञ्चारमाध्यमलाई समाचार हटाउन बाध्य पार्ने अभ्यासप्रति चिन्ता व्यक्त गर्दै संघले प्रेस स्वतन्त्रताको संरक्षण हुने विश्वास व्यक्त गरेको छ।

साथै अदालतको सम्मान गर्न, संविधान र कानूनको पालना गर्न तथा अन्तिम न्यायिक निर्णयलाई स्वीकार गर्न सबै पक्षलाई आग्रह गरेको छ।

विज्ञप्तिमा प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र पत्रकारिताको व्यावसायिक अभ्यासको संरक्षणमा अदालत संवेदनशील रहने अपेक्षासमेत व्यक्त गरिएको छ।

‘सबै समाचार डिलिट गर्नू’ भन्ने आदेशविरुद्ध बिजनेस न्युज माथिल्लो अदालत जाने ‘सबै समाचार डिलिट गर्नू’ भन्ने आदेशविरुद्ध बिजनेस न्युज माथिल्लो अदालत जाने


प्रकाशित : मंगलबार, असार ९ २०८३१२:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend