काठमाडौं- सोमबारको तुलनामा नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ। सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको छ भने चाँदी १ सय ४० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय र चाँदीको मूल्य ४ हजार ५ सय ९० रुपैयाँ निर्धारण भएको छ।
हिजो सोमबार एक तोला सुन २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने एक तोला चाँदी ४ हजार ७ सय ३० रुपैयाँमा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन ४ हजार १ सय १९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ।