मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ९ २०८३
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व संकलन

काठमाडौं- बितेका २४ घण्टामा दुई हजार ६ सय ४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा  २२ लाख ९६ हजार ५ सय ८ रुपैयाँ राजस्व दाखिला भएको छ।

काठमाडौं- बितेका २४ घण्टामा दुई हजार ६ सय ४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा  २२ लाख ९६ हजार ५ सय ८ रुपैयाँ राजस्व दाखिला भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ७९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ४७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ५४ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १ सय २२ जनालाई कारबाही गरिएको हो। 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १ सय १९, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय १३, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने १ सय १९, एकतर्फी बाटोमा सवारी चलाउने १सय र अन्य सवारी नियम पालना नगरेका एक हजार ६ सय ८८ जनालाई कारबाही गरिएको हो।

प्रकाशित : मंगलबार, असार ९ २०८३१०:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend