सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सेयर बजार घट्ने क्रम जारी, ४ अर्ब ४४ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार ८ २०८३
सेयर बजार घट्ने क्रम जारी, ४ अर्ब ४४ करोड रुपैयाँको कारोबार

कारोबारमा ३ सय ५३ कम्पनीको ८१ लाख ३८ हजार ४ सय ३३ कित्ता सेयर ९० हजार ८ सय ६२ पटक किनबेच भएको छ। ४ अर्ब ४४ करोड ६५ लाख २० हजार २ सय ४७ रुपैयाँको कारोबार भएको छ। अघिल्लो करोबार दिन ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार ५ सय ६८ रुपैयाँको सेयर किनबेच भएको थियो

काठमाडौं- अघिल्लो साताको ५ कारोबारमा करिब २१.९२ अंकले घटेर बन्द भएको सेयर बजारले यो सातापनि घट्ने क्रमलाइ निरन्तरता दिएको छ।

साताको पहिलो कारोबार दिन आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १.४६ अंकले घटेर २७००.६५ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से १.६३ अंकले बढेर बन्द भएको थियो।

आजको कारोबारमा नेप्सेमा १ सय १६ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी १ सय ४३ कम्पनीको सेयर मूल्य घटेको छ।

कारोबारमा ३ सय ५३ कम्पनीको ८१ लाख ३८ हजार ४ सय ३३ कित्ता सेयर ९० हजार ८ सय ६२ पटक किनबेच भएको छ। ४ अर्ब ४४ करोड ६५ लाख २० हजार २ सय ४७ रुपैयाँको कारोबार भएको छ। अघिल्लो करोबार दिन ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार ५ सय ६८ रुपैयाँको सेयर किनबेच भएको थियो

आज याम्बालिङ हाइड्रोपावर लिमिटेड र टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्स लिमिटेडको ३७ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ।फाइनान्स उपसमूहको परिसूचक परिसूचक सबैभन्दा धेरै १.०१ प्रतिशतले बढेको छ।

माइक्रोफाइनान्स ०.४२ प्रतिशत तथा व्यापार ०.९२ प्रतिशत बढे। बैंकिङ ०.१० अंक, विकास बैंक ०.०७, होटल तथा पर्यटन ०.१५, जलविद्युत् ०.२०, लगानी ०.०२, जीवन बीमा ०.४५, उत्पादन तथा प्रशोधन ०.०६, निर्जीवन बीमा ०.२१ र अन्य ०.२० प्रतिशत घटेको छ।

प्रकाशित : सोमबार, असार ८ २०८३१५:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend